शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न
कोभिड–१९ को महामारीका कारण चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षण हुन नसक्दा आएका समस्या पहिचान गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा चाँगुनारायण नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वयमा नगरपालिका कार्यालयमा मङ्सिर ४ गते आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी समस्या तथा सरोकारवाला पहिचान र कार्य योजना निर्माण कार्यक्रममा यस्ता समस्याको पहिचान गरिएको हो ।
कार्यक्रममा भएको छलफलमा शिक्षा तर्फको समस्या पहिचान गर्दै कोभिडका कारण विद्यालयहरू सञ्चालन हुन नसक्दा बैकल्पिक व्यवस्था गरिएको अनलाइन शिक्षा पनि कमजोर पाइएको छ ।
साथै नगरपालिकाले अनलाइन शिक्षा सञ्चालन गर्न र शुल्क उठाउने अनुमति दिई अनुगमन एवम् नियमन नगर्दा निजी विद्यालयहरूले मनोमानी चर्को शुल्क उठाएको, निम्न आय भएका सबै बालबालिका अनलाइन शिक्षाको पहुँचमा पुग्न नसकेको, नगरपालिकाको प्रष्ट नीति नहुँदा शिक्षकहरू हाजिर गरेर घर मै बस्दा उचित शिक्षा प्रदान गर्न असरफल भएको, विद्यार्थी बरालिएको, बैकल्पिक शिक्षाको उचित व्यपस्थापन नभएको निष्कर्ष निकालिएको थियो ।
कार्यक्रममा कोभिडका कारण स्वास्थ्य क्षेत्रमा पनि जटिल समस्या आएको औँल्याइएको थियो । वडाका स्वास्थ्य केन्द्रहरूमा सामान्य रुघा खोकी र ज्वरोको समेत उपचार नपाइएको, स्वास्थ्य चौकीमा सहज औषधि नपाएको, स्वास्थ्य चौकीमा पाउने उपचार र औषधिको प्रकार कतै उल्लेख नगरिएका जस्ता समस्या पहिचान भएका छन् ।
पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको भनिए पनि समयमा सेवा नपाइएको, स्वास्थ्य केन्द्रहरूले स्वयंसेवक परिचालनमा समस्या देखिएको, अपाड्ग मैत्री भवन नभएका जस्ता समस्याहरू पहिचान गरिएको थियो ।
यसैगरी कोभिडले कृषि क्षेत्रमा विउविजन समय मै पर्याप्त नपाएको, टनेल बनाउन प्लाष्टिक समयमा नदिदाँ कृषि उत्पादनमा समस्या परेको, रासायनिक मल नपाएको, औषधि नपाएको, तालिमको व्यवस्था नभएको, उत्पादित सामाग्रीको बजारिकरणमा समस्या आउँदा किसान थप मर्कामा परेको छलफलमा सहभागीहरूले बताउनु भएको थियो ।
आवास अधिकार सम्बन्धी समस्यामा कागजी व्यवस्था नमिल्दा भूकम्पबाट क्षति भएका घरहरू अझै पुर्ननिर्माण हुन नसकेको र विपन्न वर्गका नागरिकलाई सहज व्यवस्था नहुँदा समस्या आएको बताइएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले कोभिड–१९ महामारीका कारण देखिएका समस्याहरूको पहिचान गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिने बताउनुभयो ।
उहाँले सकारात्मक सोचका साथै कोभिडबाट आफू पनि बच्दै अगाडि बढ्नु पर्ने तथा अरुलाई पनि यसबाट बचाउन सचेतना बृद्धि गर्दै जानु पर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकारमा भएको समस्यालाई सम्बन्धित निकायमा पुर्याउँदै समाधानको लागि पहल गर्ने मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेले बताउनुभयो । इन्सेक जिल्ला सहजकर्ता राजु मिजारले कार्यक्रमको उद्देश्य माथि जानकारी गराउनु भएको थियो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…