शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी सम्पन्न
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक गोष्ठी चैत २९ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा आयोजना गरिएको गोष्ठीमा राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले जिल्लामा भूमिहीनलाई जग्गाधनी प्रमाण पत्र (पुर्जा) वितरण गर्न सुरु गरिसकेको भन्दै अब वीरेन्द्रनगरमा भूमिहीनहको समस्या केही हदसम्म कम हुने बताउनु भयो ।
नगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि उत्तमप्रसाद आचार्यले लगानी कम हुँदा अपेक्षित उपलब्धि हासिल गर्न निकै चुनौति रहेको बताउनु भयो । यद्यपी, नगरपालिकाले अधिकतम प्रयत्न गरेको उहाँले बताउनु भयो ।
स्वास्थ्य शाखाका प्रमुख पर्शुराम खड्काले पनि नगरभित्रका विद्यालयहरूमा स्वास्थ्यकर्मी राखेर विद्यार्थीको प्राथमिक उपचार, सामान्य स्वास्थ्य परीक्षण र मनोविमर्श, परामर्शको क्षेत्रमा टेवा पुगेको बताउनु भयो ।
भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्मा भूमि र आवासको समस्या समाधानका लागि नगरपालिकाले कामलाई गति दिनुपर्ने अवस्थामा थाति राखेको आरोप लगाउँदै भूमिहिनहरू नगरक्षेत्रमा धेरै रहेको बताउनु भयो ।
स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाउने औषधिहरू समेत पाउन नसकिएको सहभागीहरूको गुनासो रहेको छ ।
अहिले विद्यालयहरूमा भर्ना अभियान चलिरहेकामा आधारभूत तहको शिक्षा निःशुल्क भनेपनि नगरक्षेत्रका विद्यालयले धमाधम शुल्क लिइरहेको सहभागीले गुनासो गरेका थिए ।
सहभागीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा बढ्दो समस्या रहेको भन्दै सरोकारवालाहरूले समाधानका लागि ध्यान दिनुपर्ने बताएका थिए ।
पूर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…