शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता
गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडा (साविक मालारानी र साहारे गाविस)का जनताले लामो समयदेखि भोग्दै आएको शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ ।
इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजना तथा मानव अधिकार निगरानी समूह मालारानीको समन्वयमा पुस २६ गते मालारानीमा आयोजित सेवाप्रदायक र सेवाग्राहीबिच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी गुर्भाकोट नपा १, २, ४ र ५ वडाका वडाध्यक्षहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
गुर्भाकोट नपाको आगामी नगरपरिषद बस्नुपुर्व गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडामा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारका सवालहरूमा अन्तरक्रिया गर्नुपर्नेमा जोड दिँदै वडाध्यक्षहरूले नगर शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकार ऐन तथा कार्यविधि निमार्ण गरी ती अधिकारहरू सुनिश्चित गर्ने बताए ।
उनीहरूले गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडामा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको सवालमा हाल देखिएको दर्दनाक समस्याहरूको पहिचान गरी प्राथमिकीकरणको आधारमा समाधान गर्दै जाने उल्लेख पनि गरेका थिए ।
स्थानीय स्वायत्त शासन ऐन निर्माण भइनसकेकोले वर्तमान शिक्षा स्वास्थ्य, कृषि तथा खाद्य ऐनले आफूहरूलाई काम गर्न अवरोध आएको चर्चा गर्दै वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर खासु, २ का वडाध्यक्ष नोखबहादुर वली, ४ का वडाध्यक्ष प्रशन्नकुमार शाह र ९ का वडाध्यक्ष लालबहादुर पुनले आगामी नगरपरिषद पछि सबै ऐन तथा कार्यविधी तयार गरी त्यस्ता अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरेका हुन् ।
कार्यक्रममा गुर्भाकोट नपाका नगर शिक्षा संयोजक नरेश भट्टराईले अगामी शैक्षिक सत्रदेखि गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडामा रहेका सबै सामुदायिक विद्यालयहरूमा विषयगत र दरबन्दी अनुरूपको शिक्षकहरूको पदपुर्ति गरिने र शिक्षक आचरण पालना नगर्ने शिक्षकहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…