शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालहरूलाई न्युनिकरण गर्न सरोकारवाला प्रतिबद्ध
शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारहरूको सवालमा सेवाप्रदायक निकायहरू सम्वेदनशील बन्नुपर्ने कुरामा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको "स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने" इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजनामा असार ८ गते वीरेन्द्रनगरमा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।
इन्सेकद्वारा साविकको मालारानी र साहारे गाविस तथा गुर्भाकोट नपा १,२,४,५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहहरू, युवा समूह र बाल अधिकार चेतना समूहले पहिचान गरेका सवालहरूको बारेमा छलफल गर्दै सम्बन्धित सरोकारवाला निकायहरूका प्रमुख एव्म प्रतिनिधिहरूले ती सवालहरूलाई न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
कार्यक्रममा मानव अधिकार निगरानी समूह र युवा समूहले युवा लक्षित कार्यक्रमहरूको बारेमा गाँउगाँउका युवाहरूलाई युवा राष्ट्रिय नीति र स्वरोजगार कार्यक्रमको बारेमा गाँउका युवाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न युवाहरूलाई बिनाधितो सहजरूपमा ऋण उपलब्ध गराउनुपर्ने, वर्षायामको समयमा लाग्ने सबैप्रकारका औषधिहरू गाँउगाँउमा पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने, कृषि तथा पशुबीमाको बारेमा गाँउगाँउमा सचतीकरण अभियान थालनी गर्नुपर्ने, समयमै प्रयाप्त मात्रामा कृषि मलबीउ, खाद्यान्नबाली र पशुमा लाग्ने रोगका औषधिहरू कृषि तथा पशुसेवा केन्द्र बाट सहजरूपमा उपलब्ध गराउनुपर्ने सवालहरू उठाएका थिए ।
यस्तै राज्यले निशुल्क घोषणा गरेका जिल्लामा उपलब्ध औषधिहरूको वितरण प्रणाली व्यवस्थित गरिनुपर्ने, पाठेघर खस्ने समस्यासम्बन्धी शिविरहरू गाँउगाँउमा सञ्चालन गरिनुपर्ने, गाँउगाँउका स्वास्थ्य चौकीहरूमा पर्याप्त मात्रामा स्टेचरको व्यवस्थापन, विद्यालय पोशाक अनिवार्य गर्न गराउनका लागि जिल्ला शिक्षा कार्यालयले प्रभावकारी अनुगमन, उचित व्यवस्थापन अभावको कारण प्रयोगविहीन अवस्थामा रहेका जिल्लाका सबै विद्यालयहरूको सौचालय सञ्चालनमा ल्याउन उचित व्यवस्थापन, समयमै पाठयपुस्तक, पारदर्शी तथा सहजरूपमा छात्रावृति उपलब्ध गराउनुपर्ने र विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका विद्यालयहरूमा विव्यस गठनका लागि तत्काल आवश्यक पहल गरिनुपर्ने लगायतका सवालहरू पनि कार्यक्रममा उठाइएको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…