शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ
बुद्धभुमि नगरपालिका भित्र रहेका सरकारी निकायले सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे, नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम पुस ११ गते बुद्धभुमि नपामा सम्पन्न गरिएको छ ।
इन्सेक कपिलवस्तु तथा मानव अधिकार निगरानि समिति बुद्धभुमिले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा नागरिकहरूले नगरपालिका तथा शाखाहरूबाट दिइने सेवाहरू पारदर्शी तथा प्रभावकारी नभएको गुनासो गरेका छन् ।
सेवाग्राहीले कृषि शाखामार्फत निशुल्क वितरण गरिएका तरकारीका बिउ किट्नाशक औषधि, हिउँदे खेती अन्तर्गत गहुँको बिउ, चना, तोरी, आलु, मसुरोलगायतका बिउहरू किसानहरूले नपाएको गुनासो गरेका छन् । उनीहरूले वितरण गर्दा टाठाबाठा र आफ्ना नजिकका मान्छेलाई वितरण गरेको आरोपसमेत लगाएका छन् ।
यसै गरी पशु कार्यलयमा भैँसी बिरामी परेर उपचार तथा औषधि लिन आउँदा नपाएको गुनासो राखे भने पशु कार्यलयमा औषधि नभएको भन्दै रित्तो हात फर्काउने गरेको, निःशुल्क वितरण गरिने घाँसको बिउसमेत नपाएको सेवाग्राहीले जोडतोडका साथ विरोध गरे ।
यस्तै स्वस्थ्य संस्थामा निःशुल्क भनिएका औषधि नपाएको, मलेरियाको रक्त परीक्षण गर्न आउँदा सेवा नपाएको, स्वास्थ्य संस्थामा ल्याबको व्यावस्था नहुँदा निजी मेडिकलमा जान बाध्य भएको, बर्थिङ सेन्टर नहुँदा महिलाहरूले समस्या भएको सेवाग्राहीले गुनासो गरे ।
यस्तै शिक्षाको सवालमा पनि सेवाग्राहीले गुनासो गरेका थिए । विद्यालयमा विद्यार्थी अनुसार शिक्षकको दरबन्दी नहुँदा समस्या भएको र निःशुल्क शिक्षा भनिए पनि कतिपय विद्यालयले विभिन्न बाहनामा शुल्क उठाउने गरेकालगायतका दर्जनौ समस्याहरू सेवाग्राहीले राखेका छन् ।
सेवाग्राहीले राखेका सवालमा महिला तथा बालबालिका कार्यालयकी शाखा प्रमुख सिता जैसी, पशु सेवा कार्यलयका प्रतिनिधि खिमबहादुर टण्डन, कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद चौधरी, शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी, इलाका प्रहरी कार्यलयका प्रतिनिधि थम्मनबहादुर खत्री, सडक डिभिजन कार्यलयका प्रतिनिधि बिरेन्द्र सिंह लगायतले सेवाग्राहीले राखेको प्रश्नको जबाफ दिएका थिए ।
कृषि, पशु, महिला तथा बालबालिका कार्यालयका प्रमुखहरूले नगरपालिकाले वार्षिक बजेटमा समावेश नगर्दा यस वर्षखाली हात बस्नुपर्ने स्थिति रहेको र सेवाग्राहीलाई सेवा दिन नसकिएको बताए ।
बुद्धभुमि नपाका प्रमुख केशवकुमार श्रेष्ठले सेवाग्राही तथा अन्य शाखाहरूबाट आएका गुनासाहरूको सम्बोधन गर्दै अहिले संविधानको कार्यान्वयनसँगै स्थानीय सरकार बनेको र नागरिकको अपेक्षा धेरै रहेको भएपनि पुरा गर्न समय लाग्ने भन्दै समग्र नगरको विकासका काममा लाग्ने प्रतिबद्धता जनाए ।
नन्दराम पौडेल
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित युवतीलाई ०८१…
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…