शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा चरिकोटमा शिक्षा र स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक कार्यक्रम सहजकर्ता शुसिला प्रसाईले चैत १० गते भएको शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा शिक्षाको क्षेत्रमा पहिचान भएका समस्याहरू प्रस्तुत गर्नु भएको थियो ।
सो प्रस्तुतिकरणमा कक्षा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरू लागु औषधमा लागेको, कानुन भन्दा बाहिरबाट विद्यालय व्यवस्थापन समिति गठन हुँदा विवाद भएको, विद्यालय हातामा राजनीतिक गतिविधि हुंने गरेको, शिक्षकहरू लोक सेवा तयारीमा लाग्दा कक्षा अस्तव्यस्त भएको आदि विषय राख्नु भएको थियो ।
साथै विद्यालयमा सुविधा युक्त बालबालिका तथा अपाङ्गमैत्री शौचालय नभएको विषयमा समेत छलफल भएको थियो ।
यसैगरी विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई क्षिामा पहुँच पुर्याउन मानव अधिकार समूह र स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहनु पर्ने विषयमा ध्यानाकर्षण गराईएको थियो ।
भीमेश्वर नगरपालिका शिक्षा शाखाका सुन्दर खड्काले शैक्षिक क्षेत्र सुधारका लागि शिक्षकहरूलाई राजनीतिक आवद्धता छाड्नु पर्ने विद्यार्थीहरू कुलततर्फ लागेकोमा शिक्षक, अभिभावक र विद्यार्थीबीच छलफल कार्यक्रमको आयोजना नगरपालिकाको तर्फबाट गरिने बताउनु भयो ।
उहाँले विद्यालय व्यवस्थापन समिति गठन गर्दा कानुन मिचेर विवाद आएमा तत्काल सरोकारवाल बीच छलफल गरी समाधान गरिने बताए ।
सहजकर्ता प्रसाईँले स्वास्थ्य अधिकार तर्फ अस्पतालमा पर्याप्त मात्रमा औषधीहरू उपलब्ध नभएको जस्ता समस्या रहेको भन्दै त्यसको समाधानका लागि सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिका स्वास्थ्य सेवा प्रमुख श्याम खड्काले नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरूमा निशुल्क औषधि वितरण निरन्तर भइरहेको, स्वास्थ्य क्षेत्रबाट पाउनुपर्ने सुविधालाई अझ प्रभावकारी बनाउन प्रतिवद्धता व्यक्त गर्नु भयो ।
साथै उहाँले नागरिकहरूमा पनि स्वास्थ्य चेतना ल्याउन आवश्यक रहेको बताउनुभयो ।
जिल्लामा कोभिड–१९ विरुद्धको खोप ८५ प्रतिशत नागरिकले पहिलो र दोश्रो खोप लगाईसकेको, बुष्टर डोज लगाउने काम निरनन्तर भइरहेको पनि खड्काले जानकारी दिनु भयो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…