शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रम पुस २८ गते चौमालामा सम्पन्न भएको छ ।
गौरीगंगा नगरपालिका–४ का वडा अध्यक्ष भागरती विष्टले आफू निर्वाचित भएर आएपछि शिक्षामा सुधार ल्याउन विद्यालयमा खानेपानीको व्यवस्था,१० कक्षासम्म निःशुल्क गुणस्तरीय शिक्षा, विद्यालयमा अपाङ्गमैत्री भौतिक संरचना निर्माण र प्राविधीक शिक्षामा जोड दिएको र वडा कार्यालयको सिफारिसमा गरिब असहाय, अपाङ्गता भएका व्यक्तिलाई सरकारी अस्पतालमा १० हजार रुपियाँसम्म निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताउनु भयो ।
गौरीगंगा नगरपालिका–४ का स्वास्थ्य इकाइका प्रमुख प्रदिप ढकालले टोलटोलमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले बच्चाहरुको पोषण, खोप, औषधि तथा बर्थिङ् सेन्टरको अवस्थाका बारेमा नगरपालिकालाई जानकारी गराउनु पर्ने बताउनु भयो ।
सिद्धबाबा आधारभुत बिद्यालयका शिक्षक रामप्रसाद चौधरीले शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार भएपनि बालमैत्री सिकाई हुन नसक्दा शिक्षाको गुणस्तर खस्केको र नगरपालिकाले अभिभावकहरुलाई मनोसामाजिक परामर्श तालिमको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
जनता आधारभूत विद्यालयका शिक्षक भवानीप्रसाद भुसालले समुदायमा अपाङ्गता भएका तथा आँखा नदेख्ने, कान नसुन्ने विद्यार्थीका लागि स्थानीय सरकारले प्रत्येक विद्यालयमा तालिम प्राप्त शिक्षक र शिक्षण सामग्रीको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…