शिक्षा क्षेत्रमा रहेको समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जेशीले शिक्षा क्षेत्रको विकासका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
वैशाख २१ गते आयोजिक शिक्षा क्षेत्रमा देखिएको समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम उनले सो कुरा बताएका छन् ।
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र शिक्षक सबैको महत्वपूर्ण भूमिका हुने भएकाले सबैले आ-आफ्नो दायित्व पुरा गरे गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने ठेकराज माविको व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रानाले बताए ।
सरकारी विद्यालयमा निजी विद्यालयमाभन्दा दक्ष जनशक्तिका साथै विद्यालय पुर्वाधार पनि राम्रो रहेकोले सबै पक्षले सक्रिय सहभागिताका साथ लागेमा शिक्षा क्षेत्रमा कुनै समस्या नआउने इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताए । साथै शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उद्धेश्यले इन्सेकद्वारा ३० हजार रुपियाँ बराबरको चेक ठेकाराज माविलाई हस्तान्तरण गरेको बताए ।
बालबालिकाको शैक्षिक अवस्था बुझन र बुझाउनका लागि विद्यालयले नियमित रूपमा अभिभावक, व्यवसथापन समिति र शिक्षक तथा विद्यार्थीहरूको संयुक्त बैठक बस्नु पर्नेमा अभिभावक गगनसिंह धामीले जोड दिए ।
रविना चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…