शिक्षा अधिकारका सवालमा अन्तरक्रिया
इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत माइजोगमाई गाउँपालिकामा शिक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम पुस १५ सम्पन्न गरिएको छ ।
इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग तथा इन्सेकद्धारा गठित मानव अधिकार समूह माइजोगमाईको आयोजनामा शिक्षाको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जीतबहादुर राईले इन्सेकले परियोजनामार्फत विभिन्न सवाल उठाएर आफूहरूलाई कार्य सम्पादन गर्न सहज भएको बताउनु भयो । उहाँले मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा गाउँपालिकाभित्रका समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि गाँउपालिकालाई अनुरोध गर्दा कार्य सम्पादनमा सहज भएको बताउनु भयो । अध्यक्ष राईले शिक्षा अधिकारका सवालमा इन्सेकले उठाएका सवालहरूलाई सम्बोधन गर्ने बताउनु भयो ।
कार्यक्रममा माइजोगमाई गाउँपालिका–१ का वडाध्यक्ष यम राईले मानव अधिकार समूहले समस्याहरूको पहिचान गरी गाउँपालिकामा बुझाएकाले त्यसको सम्बोधन गरिने बताउनु भयो ।
नरदेवी आधारभूत विद्यालयका शिक्षकले राज्यले आधारभूत तहका बालबालिकालाई दीवा खाजाका लागि दिएको रकम अपुग हुने भएकाले गाउँपालिका स्रोत व्यवस्थापन गरीदिन आग्रह गर्नु भयो ।
शिरिषे माध्यमिक विद्यालयका शिक्षक मनोज यादवले माध्यमिक तहमा शिक्षक दरबन्दी कम भएको र आधारभूत तहमा शिक्षिका दरबन्दी नभएका कारण पठनपाठनमा समस्या भएको बताउनु भएको छ ।
बविता मैनाली
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…