शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २३ गते गरुडा नपा–९ नयाँ गम्हरीया श्रीपुरस्थित श्री मावि श्रीपुरमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा श्री मावि श्रीपुरका प्रधानाध्यापक रामआधार पासवानले विद्यार्थीको चाप अत्यधिक रहेको र शिक्षक दरबन्दी कम रहेको बताउनु भयो ।
सिकाइ प्रभावकारी र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको चाप अनुसार शिक्षकको दरबन्दी हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।
सह–प्रधानाध्यापक परशुराम राउतले विद्यायलयमा १ हजार ६ सय विद्यार्थी रहेकोले सो बमोजिम शिक्षक अनुपातमा कमी रहेको बताउनु भयो ।
विद्यालयमा बालिकाहरू महिनावारी हुँदा सेनिटरी प्याडको प्रयोग र व्यवस्थापन तथा प्याड बदल्नेदेखि औषधि उपचारमा विषेश ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कोभिड–१९ का कारणले विद्यालय बन्द भएको बेला विद्यालयले वैकल्पिक शिक्षा लागु गरेपनि प्रभावकारी हुन नसकेको गरुडा नगरपालिकाका शिक्षा संयोजक मौजेलाल राय यादवले बताउनु भयो ।
विद्यालयको सम्पूर्ण व्यवस्थापन पक्षलाई सहज तरिकाले उठेका समस्याहरू उपर श्रोत तथा सम्बन्धित निकायबाट पहल गरी सामाधान गर्ने श्री मावि श्रीपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दासले प्रतिबद्धता जनाउनु भयो ।
कक्षा १० की छात्रा प्रितीकुमारी दासले शिक्षकहरूले दिनु भएको शिक्षाप्रति हामी सन्तुष्ट रहेको बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…