शिक्षाको अधिकार कार्यान्वयनको लागी देवचुली नगरपालिकामा मानव अधिकार समूहद्वारा ध्यानाकर्षण
मानव अधिकार समुह देवचुली नगरपालिकाले शिक्षाको अधिकार कार्यान्वयनको सन्दर्भमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
समुहका संयोजक कृष्णबहादुर विश्वकर्मा सहितको समुहका सदस्यहरूले नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकाललाई माघ २९ गते ध्यानाकर्षण पत्र बुझाउदै निशुल्क शिक्षा कार्यान्वयन सहित विभिन्न ११ वटा बुदामा ध्यानाकर्षण गराएका हुन् ।
ध्यानकर्षण पत्र बुझाउदै समुहका अध्यक्ष विश्वकर्माले नगरपालिका भित्रका केही सामुदायिक विद्यालयहरूमा लामो समय देखि विद्यालय व्यवस्थापन समिति गठन नहुँदा विद्यालय सिकाईमा समेत नकरात्मक प्रभाव परेको बताउनुभयो ।
उहाँले विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन, विद्यालय दिवा खाजा कार्यक्रमको अनुगमन, बालमैत्री, बालिका मैत्री तथा अपाङ्गमैत्री पूर्वाधार निर्माण, दण्ड रहित शिक्षण पद्धति, दलित अल्पसंख्यक समुदायमा शिक्षाको पहुँच लाई प्राथमिकतामा राख्न अनुरोध गर्नु भयो ।
उहाँले देशकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तहको रूपमा रहेको देवचुली नगरपालिकामा बसोबास गर्ने अति विपन्न तथा सिमान्तकृत समुदायका विद्यालय उमेर समुहका बालबालिकाहरू विद्यालय शिक्षा पुरा गर्न नसक्ने अवस्था रहेको भन्दै आवश्यक बजेटको व्यवस्थापनमा समेत शिक्षा अधिकृत मार्फत नगर प्रमुख र कार्यपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
ध्यानाकर्षण पत्रमा नगरपालिका भित्र रहेका छात्रावासमा रहने छात्रा विद्यार्थी माथि हुन सक्ने दुव्र्यवहारको अन्त्यको लागि हिंसा विरूद्धको शिक्षा सञ्चालन गर्न समेत अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा अधिकृत ढकालले समुहले उठाएको सवालमा शाखा गम्भीर रहने बताउनुभयो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा सहभागी हुदै इन्सेक सहजकर्ता राजु चापागाईंले मानव अधिकार समुहले पहिचान गरेका समस्याहरूको समाधानको लागि नगरपालिकामा मागदावी गरिएको बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…