शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक १६ गते वडा नम्बर ३ स्थित जनजागृती माविमा सम्पन्न गरिएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षा नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने र सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा भानु नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक श्रीकृष्ण त्रिपाठीले नगरपालिकाले चालु शैक्षिक सत्रमा सञ्चालन गरेको शिक्षासम्बन्धी नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले शिक्षाको क्षेत्रमा राम्रा योजनाहरु ल्याएपनि कार्यान्वयनको अभाव भएको उहाँको भनाइ थियो ।
‘दिवा खाजा, छात्राहरुलाई सेनेटरी प्याड, स्थानीय पाठ्यक्रमको निर्माणका विषयहरु नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यान्वयनमा भने समस्या भएको छ ।’ –उहाँले भन्नुभयो– ‘विद्यालय क्षेत्र भने जङ्कफुड मुक्त गराइएको छ । ’
५७ ओटा सामुदायिक विद्यालय रहेको भानु नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच ओटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेको, स्थानीय मातृभाषामा पाठ्यक्रमको निर्माण गरिएको, प्रत्येक आधारभुत विद्यालयमा इण्टरनेट जडान, प्राविमा कम्प्युटर र प्रिन्टरको व्यवस्था, वैकल्पिक शिक्षण विधिको विकास तथा कक्षा कोठाको व्यवस्थापन र स्तरोन्नतीको कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङले सबैको प्रयत्न र समन्वयमा विद्यालयलाई नमुना बनाइने बताउनुभयो ।
उहाँले भौतिक पुर्वाधारको निर्माण, शिक्षक दरबन्दी मिलान जस्ता विषयमा नगरपालिकाले विशेष चासो दिनुपर्ने बताउनुभयो ।
जनजागृती माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले इन्सेकको सहयोगबाट सञ्चालन गरिने बाल अधिकार कार्यक्रमहरुले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो ।
मानव अधिकार समुह भानु नगरपालिकाका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…