शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २२ गते चन्द्रपुर नपा–८ सन्तपुर स्थित श्री सुवलाल भागवत उच्च माविमा शिक्षाको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा उच्च माविका प्रध्यानाध्यापक देवानन्द चौधरीले भौतिक संरचना तथा पर्याप्त शिक्षक दरबन्दी भए मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने बताउनु भयो ।
शिक्षक शिव तिमल्सिनाले सरकारले कोभिड–१९ को समयमा विद्यालय सञ्चालन नगर्नु भनेपछि विद्यालयको आन्तरिक व्यवस्थापनको कार्य गरिएको बताउनु भयो ।
स्टाफ नर्स कञ्चन भण्डारीले बालिकाहरूको महिनावारीको समयमा सेनिटरी प्याडको उपलब्धतासँगै आवश्यक औषधि उपचारमा विषेश ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष टेकबहादुर चौरेले मानव अधिकार शिक्षामा जोड दिनु पर्ने उल्लेख गर्दै मानव अधिकार शिक्षा अभिभावकलगायत सबैलाई सिकाउनु आवश्यक रहेको बताउनु भयो ।
अभिभावक रमिता रामले कोभिड–१९ को कारणले विद्यालय बन्द हुँदा सबै बालबालिका लक्षित हुने गरी विद्यालयले वैकल्पिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिनु भयो ।
कक्षा ९ की छात्रा पिन्की गुप्ताले शिक्षा जति बढी भयो दाइजो त्यति नै दिनुपर्छ भन्ने समाजमा भ्रम फैलिएकोले दाइजोविरुद्ध अभियान चलाउन आग्रह गर्नु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…