शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका-६ स्थित माध्यमिक विद्यालय सखुवा बजारमा भदौ १ गते शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकामा कियोस परियोजना अन्तर्गत इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूह, नगरपालिका जनप्रतिनिधिहरूले छनौट गरेर मावि सखुवामा यस कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कक्षा ९ र १० छात्र छात्राहरूले विद्यालयमा खानेपानी र शौचालयको अभाव हुनुको साथै कम्प्युटर कक्षाको लागि शिक्षकको अभाव भएको बताए ।
अभिभावकहरूले विद्यालयमा कम्प्युटर भएर पनि दक्ष शिक्षक नभएकोले आफ्ना छोराछोरीले कम्प्युटर कक्षा बारे सधैँ गुनासो गरेको बताए ।
शिक्षकहरूले आफूहरूको दरबन्दी प्रावि र निमाविको भएको पनि सोही बराबरको सेवा सुविधा माथिल्लो कक्षा ९ र १० मा समेत कक्षा लिनेको गरेको बताए ।
विद्यालयका प्रधानाध्यापक सन्तोष यादवले विद्यालयमा भवन, शिक्षण सामग्रीहरूको अभाव हुनुको साथै मावि दरबन्दी समेत नभएकोले समस्या भएको बताए ।
उनले छात्राको लागि शौचालयको अभाव रहेको स्वीकार गर्दै नगरपालिकासँग माग गरेको जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष मानबहादुर श्रेष्ठले यस कार्यक्रमबाट थाह भएको समस्याहरूलाई समाधानको लागि नगरपालिकाको बैठकमा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले कार्यक्रममा उठेका सवाल, समस्याहरूलाई आफूले प्रतिवेदन तयार पारेर समाधानको लागि सम्बन्धित निकायमा पठाउने र नगरपालिका सबभन्दा नजिकको सरकार भएको हुँदा मेयर र उपमेयरसँग समेत छलफल गर्ने बताए ।
कार्यक्रममा अजय साहले शिक्षा क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपायहरू बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
अजयकुमार साह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…