शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा फेदिखोला गाउँपालिका–३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पुस २० गते शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा फेदिखोला गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले गाउँपालिकाका विद्यालयहरुमा गरिएको व्यवस्था बारे जानकारी दिनुभएको थियो । उहाँले विद्यालयहरुमा लगबुकको व्यवस्थाको लागि वार्षिक २ हजार रुपियाँ प्रदान गरिएको, वैकल्पिक शिक्षा अन्तरगत सामुदायिक शिक्षा को व्यवस्था गरिएको , कक्षा दुई देखि १२ सम्म अनिवार्य विषयहरुको किताब निःशुल्क वितरण गरिएको ,प्रत्येक विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड र दिवा खाजाको व्यवस्था गरिएकोे बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा शौचालय जिर्ण रहेको बताएका थिए । उनीहरुले विद्यालयमा पिउने पानीको समस्या, क्याण्टिन को उचित व्यवस्था नभएको, लाइब्रेरीको व्यवस्था नभएको, खेलकुदका सामग्री को अभाव साथै कम्प्युटर कक्षाको पनि व्यवस्था नभएको गुनासो राखेका थिए ।
विद्यार्थीहरुको समस्याका बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक यामकान्त मल्लले दुई वर्षदेखि भौतिक उपस्थितीमा पढाइ नभएको कारण विद्यालयको स्तरउन्नती गर्न नसकेको बताउदै निकट समयमा सबै समस्याको समाधान गर्न प्रयास भइरहेको बताउनुभयो।
फेदिखोला गाउँपालिका–३ वडाध्यक्ष कृष्णबहादुर रानाभाट ले विद्यायमा भौतिक निर्माणका कार्यहरु छिटै पुरा गरिने, अक्षय कोषको स्थापना र वैकल्पिक शिक्षा को व्यवस्था गरिने बताउनुभयो ।
इन्सेकद्वारा फेदीखोला गाउँपालिकामा गठन गरिएको मानवअधिकार निगरानी समूहका अध्यक्ष तथा फेदिखोला गाउँपालिका सदस्य धनराज केसीले इन्सेकद्वारा सञ्चालित यस्ता कार्यक्रमहरुले साच्चिकै सरोकारवालालाई जवाफदेही बनाउने र विभिन्न विषयमा जानकारी प्रदान गर्ने बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमहरुलाई एक स्थानिय तहमा मात्र सिमित नराखि सबै पालिकाहरुमा आयोजना गर्ने सुझाव दिनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…