शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित शिक्षाको अधिकारसम्बन्धी विधार्थी, अविभावक र शिक्षकबिच अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा पुतली बजार नगरपालिका-१३ का वडा अध्यक्ष ख्यामनारायण अधिकारीले पठनपाठनमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो ।
विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय आउने वातावरण बनाउन अधिकारीले अभिभावकलाई आग्रह गर्नु भयो ।
शिक्षक सुर्यकान्त रेग्मीले विद्यालयलाई अझै बढी भौतिक व्यवस्थापन गर्न आवश्यक परेको बताउनु भयो ।
पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बलराम बरालले विद्यालयको आवश्यकताका आधारमा विद्यालय व्यवस्थापन समितिले माग गर्न गराउन पनि जोड दिनु भयो ।
नेपाल रेड्क्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाकी कोषाध्यक्ष लक्ष्मी थापाले विद्यालयमा छात्रा विद्यार्थीहरूले पाउनु पर्ने सेनिटरी प्याड समेत उपलब्ध नभएको र शौचालयको पनि व्यवस्थापन नभएको भन्दै विद्यालय परिसर सुरक्षित राख्न तारबारको छिट्टै व्यवस्था गर्नु पर्ने बताउनु भयो।
कार्यक्रममा गण्डकी प्रदेश अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की फोकल पर्सन शवनम शर्माले मानव अधिकारका सवालमा सुसूचित गरेपछि अधिकारका सवालमा चासो बढेको बताउनु भयो ।
पुतलीबजार नगरपालिका मानव अधिकार समूहका संयोजक तारकबहादुर थापाले समूहलाई अझ बढी शसक्त गराउदै काम गर्ने बताउनु भयो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…