शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेकका सदस्य बैद्यनाथ झाले इन्सेकद्वारा सञ्चालित परियोजनाले शिक्षाको समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि स्थानीय सरकारलाई सहयोग गरिरहेको बताउनु भयो ।
राज्यको लगानी प्रशस्त भएपनि सामुदायिक विद्यालयहरूको गिर्दो अवस्थाप्रति स्थानीय तह, अभिभावक र शिक्षक गम्भीर बन्नुपर्ने र समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
प्रधानाध्यापक अरुणकुमार झाले विद्यालयमा कम्प्युटर शिक्षक नरहेको स्वीकार गरेपनि भौतिक विकास र पढाइका लागि जिल्लामै एक नम्बर रहेको दावी गर्नु भयो ।
शिक्षक डल्लीकुमारी सिंहले विद्यालयमा रहेको कम्प्युटर ल्याबका लागि नियमित बजेट आए पनि शिक्षक नभएको जानकारी दिनु भयो ।
शिक्षक सुमित्रा दासले विद्यालयमा अभिभावकहरूको निगरानी नरहेको, खाजाको व्यवस्था रहे पनि मेनुको अभावले सधै चिउरामुरही खुवाउने गरेको बताउनु भयो ।
शिक्षक निता यादवले विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ नरहेको जानकारी दिनु भयो ।
अनमी निलमकुमारी यादवले आफूलाई स्वास्थ्य सरसफाई कक्षाभन्दा अन्य विषय पढाउन पठाउने गरेको गुनासो गर्नु भयो ।
विद्यार्थी अम्बिका झाले भौतिक र आर्थिक रूपले सम्पन्न भए पनि विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको र शौचालय फोहोर र दुर्गन्धित रहने गरेको बताउनु भयो ।
अर्का विद्यार्थी रूपा कर्णले सेनेटेरी प्याड व्यवस्थापनको समस्या रहेको र सरसफाइकर्मी दैनिक नआउने गरेको बताउनु भयो ।
अभिभावक राजकुमार यादव र अनीतादेवी भगतले समय अभावका कारण विद्यालय आएर निगरानी गर्न नसकेको कमजोरी स्विकार्दै आगामी दिनमा ध्यान दिने प्रतिबद्धता जनाउनु भयो ।
निगरानी समूहका सदस्य एवम् पत्रकार दिनानाथ यादवले नगरपालिकाले पठाएको म्याद गुज्रिएको जीवनजल खाल्डोमा गाड्नु परेको जानकारी पाएको बताउँदै समस्या सम्बोधनका लागि विद्यालय प्रशासनले चासो दिनुपर्ने र स्वास्थ्यकर्मी सक्रिय हुनुपर्ने बताउनु भयो ।
करिब ९ सय विद्यार्थी पढ्ने विद्यालयमा दुई अनमी, तीन बालविकास शिक्षक गरी २४ जना शिक्षकहरू कार्यरत रहेका छन् ।
विद्यालयमा प्रदेश सरकार र स्थानीय तहबाट गरी दुई जना अनमी स्वास्थ्यकर्मीको व्यवस्था रहे पनि विद्यालयमा स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको अभाव रहेको सहभागीहरूले बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय,सुर्खेत र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श जेठ १९ गते सुर्खेतमा सम्पन्न भएको छ ।…
मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका…
वातावरणीय प्रदुषण कम गर्न माग गर्दै सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र
प्रदेश स्तरीय मानव अधिकार समूहले कर्णालीमा निमार्णाधीन तथा चालु सडकहरु उचित व्यवस्थापनका साथ निमार्ण तथा सञ्चालन गर्न माग गर्दै जेठ १३ गते सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको…
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचासरक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको…
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…