शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा विष्णुपुर गाउँपालिकामा पुस २१ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
विष्णपुपुर गाउँपालिकास्थित जनता मावि इटहरी विष्णुपुरमा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले शिक्षा र सचेतनाको अभावमा बालविवाह, बाल श्रम, लागुऔषध दुव्र्यसनी र विद्यालय छाड्ने प्रवृत्ति चुनौतीका रूपमा रहेको बताउनु भयो ।
सीमित श्रोतसाधनका कारण अपेक्षित लक्ष्य प्राप्त गर्न नसेकेको भएपनि विगतको तुलनामा शैक्षिक सुधारमा प्रगति हुँदै आएको बताउँदै उहाँले शैक्षिक सुधारका लागि अभिभावक, विद्यार्थी, जनप्रतिनिधि र सबै सरोकारवालाको पहलकदमीको आवश्यक्तामा जोड दिनु भयो ।
शिक्षक मिथलेशकुमार यादवले कोभिड–१९ का बेला आइसोलेशन केन्द्र सञ्चालन रहेको विद्यालयमा भएको समान तोडफोडको क्षतिपूर्ति विद्यालयले नपाएको गुनासो गर्नु भयो ।
अभिभावक पुनमदेवी मण्डलले विद्यालय व्यवस्थापन समितिको नियमित बैठक, भेला नहुने गरेको र पदाधिकारीले विद्यालयलाई समय नदिने गरेको आरोप लगाउनु भयो ।
बाल अधिकार चेतना समूहका पुष्पराज अमातले परीक्षा नजिकिँदा समेत स्वास्थ्य शिक्षाको पुस्तक उपलब्ध नहुँदा पढाइ प्रभावित भएको गुनासो गर्नु भयो ।
बाल अधिकार चेतना समूहका राहुलकुमार मण्डलले विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला नभएको तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश नगराइएको गुनासो गर्नु भयो ।
विद्यार्थी सिमरन साहले विद्यालयमा नर्स नभएको तथा सेनेटरी प्याड फेर्ने र व्यवस्थापन गर्ने ठाउँ नरहेकोले छात्राहरुलाई समस्या रहेको बताउनु भयो ।
नेपाल स्वास्थ्य फुड संयोजक प्रदिपकुमार मण्डलले सामुदायिक विद्यालयहरूमा कक्षा सञ्चालन र अर्थ व्यवस्थापनमा समस्या देखिएको बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…