शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी.ले स्थानीय सरकार गठन पश्चात शैक्षिक सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो ।
उहाँले पालिकामा रहेका धार्मिक सहित ४३ ओटा सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक बजेट विनयिोजनसंगै त्यसको अनुगमन र मुल्याङ्कन भइरहेको बताउनुभयो ।
सिमित श्रोत, भौगलिक अवस्था, जनजाप लगायतको कारण अपेक्षित लक्ष्य प्राप्त गर्न नसेकेको भएपनि विगतको तुलनामा शैक्षिक सुधारमा उल्लेखनिय प्रगति भएको उहाँले बताउनुभयो ।
उहाँले गाउँपालिकामा बालविवाह, बाल श्रम, लागुऔषध दुव्र्यसनी जस्ता कार्य विद्यालय शिक्षामा देखिएका चुनौती भएको भन्दै त्यसको व्यवस्थापनको लागि सबै सरोकारवालाहरुले पहल र सचेतना मुलक कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले विद्यार्थी सङ्ख्या अनुसारको दरबन्दी कायम नहुँदा सामुदायिक विद्यालयहरुमा कक्षा सञ्चालन र अर्थ व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।
उहाँले सङ्घिय सरकारबाट प्राप्त दरबन्दी अपुग भएका कारण पालिकाले नै आफ्नै लगानीमा प्रत्येक सामुदायिक विद्यालयकामा कम्तीमा एक जना दरबन्दी कायम गरी शिक्षक पठाएको बताउनुभयो ।
कार्यक्रममा सहभागी हुदै विभिन्न विद्यालयबाट आउनु भएका शिक्षक तथा अभिभावकहरुले विद्यालय उमेर समूहका बालबालिकामा देखिएको बालश्रम, बाल विवाह, लागुऔषध दुव्र्यसनी बारे जानकारी गराउनुभएको थियो ।
विनयी त्रिवेणी गाउँपालिकामा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन्को कारण सृजित बाल श्रमले दुव्र्यसनी बढेको उहाँहरुको भनाई छ ।
कोभिड–१९ को कारण सृजित अवस्थामा विद्यालयमा सबै विद्यार्थी उत्तिर्ण हुने अवस्थाले झन् नपढी पास भइन्छ भन्ने बाल मनोविज्ञान विकसित भइरहेको भन्दै त्यसलाई समयमा नै सही बुझाइ स्थापित गर्न आवश्यक रहेको उहाँहरुको भनाइ छ ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…