शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया
इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाउँपालिकामा पुस १९ गते शिक्षा अधिकारका सवालमा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निमार्ण अन्र्तगत शिक्षाको अधिकारका सवालमा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्तरक्रियामा सन्दकपुर गाउँपालिका कार्यपालिका सदस्य छत्र दियालीले इन्सेकले परियोजनमार्फत गाउँपालिकाभित्र शिक्षाका सवालमा समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि स्थानीय सरकारलाई सहयोग गरेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा राज्यको लगानी प्रशस्त भएपनि नतिजा राम्रो नआउने भएका कारण धेरै अभिभावक निजी विद्यालयतर्फ आकर्षिक भएको बताउनु भयो ।
सन्दकपुर गाउँपालिका–१ का वडा सदस्य रहर राईले इन्सेकले परियोजनामार्फत शिक्षाका सवालहरू पहिचान गरीदिएका कारण अब गाउँपालिकाले ति समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
गाउँपालिकाकी शिक्षा शाखा प्रमुख कल्पना ढकालले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा छात्राहरूलाई समस्या हुने गरेको बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले इन्सेकले शिक्षाका मात्र नभएर स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा गाउँपालिकामा परियोजना सञ्चालन गरेकाले संविधान प्रदत्त नागरिकको अधिकार रक्षाका लागि स्थानीय सरकारलाई सहज भएको बताउनु भयो ।
मानव अधिकार समूह सन्दकपुरका अध्यक्ष प्रकाश पराजुलीले इन्सेक परियोजनामार्फत मौलिक हकहरू नागरिकले पाए नपाएको विषयमा स्थानीय सरकारलाई जानकारी गराउने र त्यसको कार्यान्वयनका लागि खबरदारी गर्ने काम इन्सेकले गरीरहेको बताउनु भएको छ ।
अन्तरक्रियामा कक्षा १ देखि ८ सम्म स्थानिय पाठ्यक्रमको आवश्यकता, कम्प्युटर शिक्षकको आवश्यकता,छात्रछात्रामैत्री शौचालय ,खानेपानीका साधन अपाङ्गमैत्री हुनुपर्नेलगायतका समस्या पहिचान गरी सम्बोधनका लागि गाउँपालिकामा पेश गरेको इन्सेक इलाम जिल्ला सहजकर्ता नारद चापाँगाईले बताउनु भएको छ ।
बविता मैनाली
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…