शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीप्रदेश कार्यालय, सहकर्मी समाज, मानव अधिकारका लागि महिला एकल समूह र द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको आयोजनामा अन्तरक्रिया तथा दिपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले नेपालमा सशस्त्र द्वन्द्वपछि भएको शान्ति सम्झौताले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरु गैरसरकारी संघ संस्थासँगै सरकारी निकायले पनि हर्षउल्लासका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै मानव अधिकारका रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले द्वन्द्व अशान्ति मच्चाएको नेपालमा पुराना केही घटनाका पीडितहरुले न्याय नपाएको भन्दै सरकारले त्यस्ता मुद्दामा न्यायपूर्ण निर्णय गर्न अनुरोध गर्नुभयो ।
मानव अधिकारका लागि महिला एकल समूह सुर्खेतकी अध्यक्ष ममता नगालले यस्ता दिवस पीडितका लागि मात्रै नभइ सबैका लागि भएको बताउनुभयो । सरकारले पनि पीडितहरुलाई उचित न्याय दिन जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले शान्ति जगाउन समाज र राज्यको भूमिका उत्तिकै रहेको बताउनुभयो ।
त्यस्तै सहकर्मी समाजकी कार्यक्रम संयोजक नविना गिरीले यस्ता दिवसहरु सबै निकायले जोडदारका साथ मनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा अन्तरनिर्भर समाज सुर्खेत, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) लगायतका अधिकारवादी संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…