शान्तिसुरक्षा र मानव अधिकार रक्षकहरुको अवस्था बारे छलफल सम्पन्न
इन्सेक र इयु वर्किङ गुर्प सम्मेलित टोलीले जिल्लाको मानव अधिकार रक्षकहरुको अवस्था र शान्तिसुरक्षा स्थिति सम्बन्धमा जानकारी लिने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी रामप्रसार पाण्डेय र जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीसँग चैत २९ गते भेटघाट गरी छलफल गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरुमाथि कुनै प्रकार असुरक्ष नभएको बताउनु भयो ।
उहाँले खुला सिमानाका कारण आपराधिक गतिविधिहरु नियन्त्रण गर्न समस्या भएको बताउँदै मुक्त कमैया, मुक्त हलिया, विस्थापितहरु पुनस्र्थापना, ऐलानी जग्गाको व्यवस्थापन जस्ता समस्या जिल्लाका वर्तमान चुनौतीका रुपमा रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले कानुनले दिएको निर्देशन अनुसार प्रहरीले पीडित पक्षबाट आएका जाहेरीहरु सजिलैसँग दर्ता गरिरहेको र राजनीतिक दबावबाट उजुरीहरु प्राप्त भएको अवस्थामा त्यस्ता घटनाहरुलाई थप संवेदनशिल भएर अनुसन्धान गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘केही घटनाहरु आपसी सहमतिमा स्थानीय स्तरमा मिलापत्र गरिने भएकोले जिल्ला प्रहरी कार्यालयमा सबै घटनाहरु आउँदैनन् । जिल्ला प्रहरी कार्यालयमा आउने घटनाहरुमा घटनाको प्रकृति हेरेर दुबै पक्षलाई सहभागि गरेर आपसी छलफल गराउछौँ । मेलमिलाप गर्न मिल्ले घटनाहरुमा दुबै पक्षको सहमति गरेर मिलापत्र गरिएको छ । मिलापत्र गराउन नमिल्ने घटनाहरुलाई कानुनी प्रक्रियामा अगाडि बढाएका छौँ ।’
मानव अधिकार रक्षकहरुको संरक्षणका लागि गृहमन्त्रालयले जारी गरेको निर्देशिका सम्बन्धमा आफूलाई जानकारी नभएकोले सो निर्देशिका अध्ययन गरी मातहतका कार्यालयहरुसँग छलफल गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयो ।
भेटघाट तथा छलफल कार्याक्रमका दौराहनमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रमुख जिल्ला अधिकारी पाण्डेय र जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।
लिली कुँवर
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…