शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
“बालबालिकामा लगानीः सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ शम्भुनाथ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शम्भुनाथ नगरपालिका वडा नं. ७ स्थित बुद्धिलाल विद्यामुनर नमुना माध्यमिक विद्यालय भगवतपुर बडहरीमा विविध कार्यक्रमका साथ पुरस्कार वितरण गरी बाल दिवस मनाइएको हो ।
शम्भुनाथ नगरपालिकाको नौ ओटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरू सम्मिलित हाजिरी जवाफ प्रतियोगितामा र १३ ओटा विद्यालयमा अध्धयनरत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरू सम्मिलित अंग्रेजी र नेपाली सुन्दर लेखन प्रतियोगिताको आयोजना गरिएको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले जानकारी दिनुभयो ।
हाजिरी जवाफ प्रतियोगितामा माध्यमिक विद्यालय खोक्सर प्रवाहाले प्रथम, बुध्दिलाल विद्यामुनर नमुना माध्यमिक विद्यालयले द्वितीय र जनता माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ ।
यसैगरी सुन्दर लेखन तर्फ नेपालीमा जनता रामदयाल माध्यमिक विद्यालयकी झर्ना चौधरी प्रथम, माध्यमिक विद्यालय खोक्सर प्रवाहका करण कुमार चौधरी र सुष्मिता तामाङ क्रमशः द्वितीय र तृतीय तथा राजोवती माध्यमिक विद्यालयकी माधुरी कुमारी साह चतुर्थ हुनु भएको छ । अंग्रेजी तर्फ बुध्दिलाल विद्यामुनर नमुना माध्यमिक विद्यालयकी सुष्मा चौधरीले प्रथम, जनता रामदयाल माध्यमिक विद्यालयकी दमना चौधरीले द्वितीय, बुध्दिलाल विद्यामुनर नमुना माध्यमिक विद्यालयका पारस बरियार थारुले तृतीय, राजोवती माध्यमिक विद्यालयकी माधुरी कुमारी साहले चतुर्थ र मदन आधारभूत विद्यालयका करण सदाले पाँचौ स्थान प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथी कार्यवाहक नगर प्रमुख अनिता चौधरीले बालबालिकाहरू समाज र राष्ट्रको धरोहर भएकाले उनीहरुलाई जरैदेखि बलियो र सकारात्मक चिन्तन भएका नागरिक बनाउनु पर्ने बताउनु भयो । बालबालिकाहरूले प्रतियोगिताहरुलाई प्रतिस्पर्धा भन्दा अवसरका रुपमा लिनुपर्ने बताउनु भयो ।
शिक्षा शाखा अधिकृत बिदुर बिक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी इन्सेकद्वारा गठित प्रदेश मानव अधिकार समुहकी अध्यक्ष देवीमाया भटृराई, शिक्षा शाखा अधिकृत, नगरपालिका सदस्यहरू, सहभागी विद्यालयका शिक्षकहरू, पत्रकार, समाजसेवी, मानवअधिकार समूहका पदाधिकारीहरू सहभागी हुनु हुन्थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…