शम्भुनाथ नगरपालिकाको विभिन्न स्थानमा सडक नाटक प्रर्दशन

  ०८० जेठ ९ गते

IMG-20230523-WA0036

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आर्थिक सहयोगमा जेठ ६ गते शम्भुनाथ नगरपालिकाको विभिन्न स्थानमा सडक नाटक प्रर्दशन भएको छ ।

बाल अधिकार सचेतना समूह श्री रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहाको आयोजनामा शम्भुनाथको बैरयाही टोल, मिलन चौक र शम्भुनाथ मेलामा सडक नाटक प्रदर्शन भएको हो ।

इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले बाल श्रम, बाल विवाह, महिला हिंसा र लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बाल कलाकारहरूले समाजमा महिला हिंसाको स्वरूप, बाल श्रम गर्न वाध्य हुने अवस्था, बालविवाह र लागु औषधले पार्ने असर समावेस गरी सडक नाटक प्रदर्शन गरेका थिए ।

समाजमा रहेका हिंसा कम गर्न शिक्षा, सचेतना र आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने शम्भुनाथ नगरपालिकाका महेशकुमार चौधरीले बताउनु भयो । बाल श्रम, बालविवाह र लागु औषध सेवनलाई न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरू ग्रामीण तहसम्म पु¥याउनु पर्नेमा चौधरीको जोड थियो ।

सडक नाटकमा जयप्रकाश दास, करिना सरदार, राजकुमारी मण्डल, रोशन पाल, सुर्य पाल, काजल मण्डल, प्रितिका कुमारी चौधरी, श्रवण मण्डल, आशाकुमारी मण्डल, प्रिता चौधरी, सुरज चौधरी, करण चौधरी, हेमन्त चौधरी, सचिदानन्द चौधरी, पशुपति चौधरी, अच्छे सरदार, मिथलेश साह र शंकरकुमार साह सहभागी थिए ।

IMG-20230523-WA0029 IMG-20230523-WA0031 IMG-20230523-WA0032

मनोहरकुमार पोखरेल