विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले ०८१ जेठ २३ गते महेन्द्र माध्यमिक विद्यालय ढल्केबरको प्राङ्गनमा वृक्षरोपण गरी विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
"Our Land, Our Future" "हाम्रो भूमि, हाम्रो भविष्य" भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा इन्सेक मधेस प्रदेश कार्यलयले आयोजना गरेको कार्यक्रम वृक्षरोपण गरी सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा मानव अधिकार र बाल अधिकार सचेतना समूहका सदस्यहरू, महेन्द्र माध्यमिक विद्यालय ढल्केबरका प्रधानाध्यापक तथा शिक्षकलगायतले स्कुलको प्राङ्गनमा सामूहिक रुपमा वृक्षरोपण गरेका थिए ।
विश्व वातावरण दिवसको अवसरमा यस विद्यालयको प्राङ्गनमा वृक्षरोपण गरिएकोमा मानव अधिकार समूह र इन्सेकलाई संरक्षक शिक्षक नीर प्रसाद शर्माले धन्यवाद दिँदै, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्नका लागि जल, जंगलको संरक्षण र वृक्षरोपण कार्यक्रम गर्नुपर्छ बताउनु भयो ।
कार्यक्रममा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, मिथिला नगरपालिकाका मानव अधिकार समूहका सदस्यहरू विना कडारी, नरेश कुमार महतो, शुशिला कुमारी सुवेदी, शुनिता लोहनी वि.क, देवकि सुनार, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियारलगायतको सहभागीता रहेको थियोे ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…