विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्याली तथा कोण सभा कार्यक्रम
“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ भदौ २५ गते र्याली तथा कोण सभा कार्यक्रम समपन्न भएको छ ।
लहान नगरपालिकाको आयोजना र इन्सेक सिरहा, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल, सिएमसि, सिबिएम, टिपिओ नेपाल, अपाङ्ग पुर्नस्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज लगायत संघ संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा र्याली गरी कोण सभा गरीएको थियो ।
कोण सभामा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले आजको दिन विश्वले नै आत्महत्या दिवस मनाइ रहँदा किन यो दिवस मनाउनु पर्छे भनि सबैले चिन्तन गर्नुपर्ने बताउनु भयो । आत्महत्या रोकथामका लागि एकदिन मात्र कार्यक्रम गरेर हुँदैन यसलाई पूर्णरुपले रोकथाम तथा न्यूनीकरणका लागि संघसंस्था र स्थानीय तहहरूले सोही अनुसारको कार्यक्रमहरू निर्माण गर्नुका साथै मनोपरामर्श सेवा उपलब्ध गराउनु पर्ने सुझाव उहाँले दिनु भयो । सिएमसिको सहकार्यमा लहान नगरपालिकाले मनोपरार्मश सेवा प्रदान गर्दै आइरहेको अधिकृत झाले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको बताउनु भयो । आत्महत्याको घटना रोक्न घर परिवार, समाज संघसस्था सबैले इमान्दारी पूर्वक लाग्नु पर्ने डिएसपी सोतीले बताउनु भयो । परिवारका सदस्यहरूले आत्महत्याको सोच आउन नदिन हामी छौं तिम्रो लागि, समाज छ भन्ने भावनाको विकास गर्नु पर्ने उहाँले बताउनु हुँदै आत्महत्या हुन बाट रोक्न सबैको भूमिका अपरिहार्य भएकोले सबैको हातेमालोले सकारात्मक सन्देश दिँदै सचेतना जगाउनु पर्ने बताउनु भयो ।
कार्याक्रममा अधिकारकर्मी, संचारकर्मी, प्रहरी, शिक्षक बिधार्थीहरू उपस्थित भएका थिए ।
दर्गा परियार
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…