विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि जिल्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा सम्बन्धित जिल्लामा प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते सम्पन्न भएको जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् ।
सङ्कलित सूचना वस्तुनिष्ठ र विश्वसनीय बनाउने, छुटेका घटनाहरूलाई छलफलमार्फत समावेश गरी त्रुटीहरू सच्याउने तथा अपूर्ण, अपुष्ट र विवादस्पद सूचनालाई पुष्टि गर्ने उद्धेश्यले जिल्लाका सरोकारवालाहरूबिच प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएका छन् ।
सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार जिल्ला अदालत सल्यानका जिल्ला न्यायाधीश मदनबहादुर धामीले मानव अधिकारको प्रतिवेदनले राज्यलाई सधैँ उत्तरदायी बन्न प्रेरित गर्ने बताए ।
इन्सेकले पुस १ गते खलङ्गामा गरेको एक कार्यक्रममा उनले मानव अधिकारको दायरा फराकिलो भएकोले मानव अधिकारकर्मीहरूले सामाजिक, आर्थिक, सांस्कृतिक तथा अन्य प्रकारका अधिकारको प्रत्याभुतिका लागि राज्यका निकायलाई सधैँ खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले पीडितको घर आँगनमै पुगेर घटनाको पुनर्पुष्टी गर्दा अझ वास्तविक कुरा बाहिर आउने बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य टेकराज शाहीले एकाध मानव अधिकारकर्मीले मात्रै जिल्लाको मानव अधिकारका सबै घटना बाहिर ल्याउन कठिन हुने भएकोले सञ्चार माध्यम र सञ्चारकर्मीपनि मानव अधिकारमैत्री हुनुपर्ने बताए ।
यस्तै सामुदायिक रेडियो प्रशारक सङ्घका ६ नम्वर प्रदेश संयोजक रमेशकुमार गौतमले पछिल्ला दिनमा पारिवारिक हिंसाका घटना बढी हुने भएकाले राज्यले त्यस्ता घटना न्यूनीकरणको लागि सामाजिक अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले सन् २०१७ मा इन्सेकले सङ्कलन गरेका मानव अधिकार हनन् र ज्यादतीका घटना प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
जस अनुसार जिल्लामा महिलामाथि हुने यौन हिंसाका घटना गतवर्षको तुलनामा दोब्बर वृद्धि भएको देखिएको छ । प्रतिवेदन अनुसार सन २०१६ को तुलनामा बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका घटना दोब्बर वृद्धि भएका हुन् । गत वर्ष जिल्लामा आठ ओटा यौन हिंसाका घटना भएकोमा यस वर्ष बढेर १६ पुगेको छ ।
यस्तै बाल अधिकार अन्तर्गत यौन दुर्व्यवहारका चार ओटा घटना सङ्कलन गरिएको छ । इन्सेक प्रतिनिधि बुढाथोकीले पछिल्लो पटक आएका बलात्कारका थप २ घटना प्रतिवेदनमा समेट्न वाँकी रहेको बताइन् । यसमा इन्सेकले यस वर्ष जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४२ ओटा घटना सार्वजनिक गरिएको छ ।
जसअनुसार महिला हिंसाका ११ र बहुविवाहका तीन ओटा घटना छन् । यस्तै सम्पत्ति तथा संरचना क्षतिका दुई, गिरफ्तारीका पाँच, धम्की तथा कुटपिटको एक र हत्याको एउटा घटना इन्सेकले सार्वजनिक गरेको छ ।
मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार मङ्सिर २९ गते गमगढी बजारमा पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानव अधिकार हनन् र ज्यादतीका २१ ओटा घटना सरोकारवालाबिच प्रस्तुत गरिएको थियो । जसमध्ये राज्य पक्षबाट कुटपिटका घटना दुई, राजनीतिक दलबाट कुटपिटका १०, महिला अधिकार तथा घरेलु हिंसाका आठ र राजनीतिक अधिकारसम्बन्धी एउटा घटना रहेका छन् ।
प्रस्तुत गरिएका घटना यर्थात रहेका र मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्ने र धेरै घटना ग्रामीण क्षेत्रमा हुने भएकाले सबै घटनालाई समावेश गर्न नेकपा एमालेका अध्यक्ष धर्म बहादुर शाहीले सुझाव दिए ।
सङ्कलन गरिएका घटना सत्य तथ्य हुनु पर्ने नागरिक समाजका अगुवा ज्ञानेन्द्र शाहीले बताए । पीडितले न्याय पाउन सहयोगीका रूपमा मानव अधिकार वर्ष पुस्तक रहेको नेपाल पत्रकार महासङ्घका सभापति नृपेन्द्र मल्लले बताए ।
इन्सेक कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…