विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
"महिलामा लगानी ; सम्य र समुन्नत समाजको थालनी" भन्ने मुल नाराका साथ १ सय १४ औँ आन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी जनकपुरधाममा मनाइएको छ ।
मधेश प्रदेश सरकार, खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजना तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत संघ संस्थाहरुको समन्वयमा ०८० फागुन २४ गते विहान जनकपुरधामको जनक चोकबाट प्रभातफेरी निकालिएको हो ।
उक्त प्रभातफेरी शिव चोक, भानु चोक र मिल्सएरीया हुँदै खेलकुद तथा समाजकल्याण मन्त्रालयको प्राङ्गणमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै खेलकुद तथा समाजकल्यण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिनु हुँदै मधेश प्रदेशमा महिलामाथि हुने हिंसा न्युनिकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । सबैको सहकार्यबाट वार्षिक नियमिति रुपमा यो दिवस मनाउँदै आएको उहाँले उल्लेख गर्नुहुँदै महिलालाई शिक्षित र सशक्तिकरण बनाउन लगानी आवश्यक रहेकोमा जोड दिनु भयो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले महिलामाथि हुनै सबै प्रकारका हिंसाका न्युनिकरण गर्न सकिए मात्र यो दिवसले सार्थकता पाउने बताउनु भयो । मधेश प्रदेशमा सामाजिक रुपमा रहेको विभेदका कारण महिलामाथि हुने हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेकोले यसप्रति सरोकारवालाको ध्यान जान आवश्यक रहेको उहाँको भनाई थियो ।
यसैबीच जनकपुरधामको जनक चोकमा आज साँझ दिप प्रज्वलन कार्यक्रमको आयोजना गरियो । महिला अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुले साँझ दिप बालेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो ।
महिला पुरुष बीचको विभेदको अन्त्य र समाधन अधिकारका लागि महिलाहरुले अमेरिकाको सिकागो शहरमा प्रर्दशन गरेकी थिइन् । जनर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वीतीय अन्तर्राष्ट्यि सम्मेलमा ८ मार्चलाई अन्तर्राष्ट्यि श्रमिक महिला दिवसको रुपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन सुरु गरिएको हो ।
सन्तोष कुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…