विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा बाल विवाह विरुद्ध सचेतना अभियान कार्यक्रम माघ २५ गते गरिएको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा बाल विवाहको कारण शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा बाल विवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको मानव अधिकार समूह विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जिसीले बताउनुभयो ।
मानव अधिकार समूह विनयी त्रिवेणीले गाउँपालिकामा समस्याको रूपमा देखिएको बाल विवाह अन्त्यको लागि सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेसगै विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३, ४ र ५ का सरोकारवाला, विद्यार्थी र शिक्षक सहित कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले बाल विवाह अन्त्यको लागि स्थानीय समुदाय र विद्यालय केन्द्रीत अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल अधिकारीले विद्यालय उमेर समूहका बालबालिकाहरूले बाल विवाह गरिरहेको भन्दै विद्यालय शिक्षाका पाठ्यक्रमहरूमा बाल विवाहको कारण हुने असर र यसको कानुनी कारवाहीका बारेमा समावेश हुनुपर्ने बताउनुभयो ।
स्थानीय सरकारले बनाउने पाठ्यक्रममा बाल विवाह सहित विभिन्न कानुन र त्यसको उल्लङ्घन गर्दा हुने सजाएको बारेमा समावेश गराउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सबै सहभागीहरूलाई आफू सहभागी हुने सबै किसिमका कार्यक्रमहरूका थोरै भएपनि बाल विवाहको बारेमा जानकारी राख्न अनुरोध गर्दै अबको दिनमा आफूले सबै कार्यक्रमहरूमा बाल विवाहसम्बन्धी विषयलाई समेत समेट्ने बताउनुभयो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँ कार्यपालिका सदस्य बिष्णु जि.सी.ले विभिन्न कारणहरूले बाल विवाह बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न सबै सरोकारवालाहरूले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
विद्यालयहरूका बालबालिकाहरूको बाल विवाह गर्ने सङ्ख्या अत्याधिक रहेको भन्दै उहाँले विद्यालय स्तरमा अन्तरक्रिया र छलफलहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
स्थानीय मेलमिलापकर्ता पूर्ण बहादुर डिस्वाले परिवारले गरिदिने विवाह भन्दा अहिले आफै गर्ने बाल विवाहहरू अत्याधिक रहेको भन्दै स्थानीय टोल र समूहमा पुगेर उनीहरूलाई सचेत बनाउदै लैजानुपर्ने बताउनुभयो ।
बाल विवाह अन्त्य गर्न लक्षित उमेर समूहका बालबालिका सहितको कार्यक्रम र उनीहरूलाई नै ज्ञानको अभिवृद्धिमा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
स्थानीय दिपेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक राजु जि.सी.ले विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरूको विवाह भइसकेको अवस्था रहेको भन्दै उहाँले पहिले उनीहरूमा देखिएको समस्याको पहिचान र सोही माध्यमबाट अन्य विद्यार्थीसम्म ज्ञान प्रवाह गर्दा उपयुक्त हुन सक्ने बताउनुभयो ।
उहाँले स्थानीय स्तरमा हुने बाल विवाहमा सहभागी नहुने, बाल क्लव तथा चेतना समूह मार्फत परिवार तथा बालबालिकालाई बाल विवाह नगर्न अभिप्रेरित गर्न आवश्यक रहेको बताउनुभयो ।
शिशु कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक शारदा कोइरालाले बाल विवाह गर्ने र गराउनेहरूलाई कानुनी रूपमा कारवाही हुने भएपनि सोको कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कानुन सम्बन्धी ज्ञानको कमी र त्यसको कार्यान्वयनको कारण पनि बाल विवाह अन्त्य हुन नसकेको उहाँले बताउनुभयो । पहिलो चरणमा कानुनी ज्ञान अभिबृद्धि र त्यसपछि कार्यान्वयनमा जन उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा दिपेन्द्र माध्यमिक विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष एलिसा गैरेले बाल विवाहको अवस्था निकै धेरै रहेको बताउनुभयो ।
आफ्नो कक्षा र विद्यालयमा पढ्ने बालबालिकाहरूको विवाह गर्नेहरूको सङ्ख्या धेरै रहेको भन्दै उहाँले बाल विवाहको कारण बालश्रम समेत बढेको उदाहरण दिनुभयो ।
बाल विवाहको कारण बाल स्वास्थ्य सहित विभिन्न क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै उहाँले विद्यालयहरूमा साप्ताहिक रूपमा बाल विवाहविरुद्धको सचेतीकरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले बाल विवाहको कारण र यसको न्यूनिकरणमा सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको भूमिका के हुन सक्छ भन्ने विषयमा छलफल सञ्चालन गर्नुभएको थियो ।
उहाँले अहिले इन्सेकले सञ्चालन गरेको यो अभियानलाई विनयी त्रिवेणी गाउँपालिका भर सञ्चालन गर्ने समेत जानकारी दिनुभयो ।
मानव अधिकार समुहका अध्यक्ष धर्म बहादुर जि.सीले बाल विवाह सहित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा इन्सेकसंगै मानव अधिकार समूहले सहकार्य कार्यहरू गर्दै आएको बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…