विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा ०७९ मङ्सिर ९ गते एक कार्यक्रक्रमको आयोजना गरी मनहरी गाउँपलिकाको रष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा १५ जना सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गाविन्द पौडेलले मानव अधिकार सबैको साझा अधिकार भएको र यसमा बालबालिकालाई प्राथमिकतामा राखेर बाल अधिकारसम्बन्धी छुट्टै व्यवस्था हुँदा उनीहरूको भावनालाई समेट्न सकिएको बताउनु भयो ।
उहाँले यस्तो कार्यक्रममा सहभगी हुँदा बाल बालिकाहरूले अफ्नो अधिकार र दायित्व बुझ्ने र उनीहरूको क्षमता अभिवृद्धि हुने बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँले बाल अधिकार समूहले बाल बालिकालाई जागरुप बनाउने हुँदा सिङ्गो समाज नै जगरुप हुने बताउनु भयो ।
मनहरी गाउँपालिका वडा नं. ९ का कार्यबहाक वडा अध्यक्ष नवराज सुवेदीले इन्सेकले जहिले पनि राज्य र नागरिकहरूबीच उभिएर आफ्नो दायिन्तव पुरा गरिरहेको बताउनु भयो ।
राज्यमा रहेका कुरुतिहरुसँग इन्सेकले सदै खबरदारी गरिरहेको हुन्छ भन्दै बालअधिकार समूहलाई सहयोग गर्ने प्रतिबद्धता कार्यबहाक वडा अध्यक्ष सुवेदीले ब्यक्त गर्नुभयो ।
मानव अधिकार समूह, मनहरी गाउँपालिकाकी संयोजक विमला गोपालीले हामीहरूले आफ्नो अधिकार आफै खोज्नु पर्ने बताउनु भयो ।
उहाँले इन्सेकको स्थापना मानव हधिकार संरक्षण र संवद्धन गर्न भएको हो भन्दैसामाजिक न्याय, समतामूलक सामाजिक व्यवस्था, लोकतान्त्रिक राजनीतिक व्यवस्था, कानुनी शासन मानव अधिकार मैत्री वातावरणले सम्मूनत समाजको निर्माण हुने विश्वास गर्नु भयो ।
इन्सेक मकवानपुरकी सहजकर्ता सलीना गौतमले इन्सेकले १४ जिल्लाका ५६ ओटा विद्यालयमा मानव अधिकार शिक्षा कार्यक्रम मार्फत बाल अधिकार चेतना समूह गठन भई उनीहरूको अधिकारका क्षेत्रमा वकालत गर्दै आएको बताउनु भयो ।
जस अनुसर इन्सेकले मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम मार्फत चार ओटा विद्यालयमा बाल अधिकार चेतना समूह मार्फत बाल बालिकाको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालयकी कार्यक्रम फोकलपर्सन बालिका न्यौपानेले मानव अधिकार शिक्षा मार्फत पालिका स्तरिय गठन हुने मानव अधिकार समूहले जसमा महिला, बालबालिका, दलित, पछडिपरेका तथा अल्पसङ्ख्यक समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको लागि शिक्षा, स्वस्थ्य, र वातावरण संरक्षण शिक्षाको माध्यमबाट निर्णायक प्रक्रियामा सहभागी हुन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…