विद्यालय स्तरिय बाल अधिकार समूह गठन सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा ०७९ मङ्सिर ११ गते मनहरी गाउँपलिका-४ स्थित पशुपति माध्यामिक विद्यालयमा १३ जना सदस्य रहेको बाल अधिकार समूह गठन सम्पन्न भएको छ ।
इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार शिक्षा मार्फत् बाल अधिकारको संरक्षण र प्रवर्धनको लागि बाल चेतना समूह गठन गरिएको बताउनु भयो ।
उहाँले बाल अधिकारका साथ कर्तव्यसँगै आउने भएकोले यसको पालना गर्न बालबालिकालाई आग्रह गर्नु भयो ।
साथै भण्डारी संयोजकले यस्ता कार्यक्रममा सहभगी हुँदा बाल बालिकाहरूले आफ्नो अधिकार र दायित्व बुझ्ने र उनीहरूको क्षमता अभिवृद्धि हुने बताउनु भयो ।
उहाँले विद्यालय भर्ना नभएका र नियमित विद्यालय नआउने बालबालिकालाई विद्यालय ल्याउन तथा बाल बिवाह र बाल बालिकामाथि हुने हिंसा राक्न पनि बाल अधिकार चेतना समूहको महत्वपूर्ण भूमिका हुने धारणा राख्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले मानव अधिकारसँगै कर्तव्यको पनि बोध हुनु पर्छ र शिक्षा विद्यालय उमेरमै लिनु पर्ने हुँदा अध्ययनलाई पहिलो प्राथमिकतामा राख्न छात्रछात्राहराई अनुरोध गर्नु भयो ।
उहाँले अनुशान पालनामा ध्यान दिन आग्रह गर्दै समूहमार्फत आम विद्यार्थीमा सकरात्मक परिवर्नको अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बाल अधिकारमा आवद्ध बालबालिकाले अरू बालबालिकाको लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष मानव अधिकार समूह मनहरी गाउँपालिकाकी संयोजक विमला गोपालीले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि बाल अधिकार समूहले आवाज उठाउनु पर्ने बताउनु भयो ।
पहिलो प्राथमिकता विद्यालय भर्न रहेको र संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयको अध्यन अध्यापन कमजोर रहेको हुँदा यसलाई सुधार गर्नको लागि बाल अधिकार चेतना समूहले सम्बन्धित पक्षको ध्यानकार्षण गराउनु पर्ने उहाँको धारणा थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…