विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता
इन्सेकको अयोजना तथा रामज्ञानु एफएमको सहकार्यमा मधुवन नपा-४ माचडमा वैशाख १८ गते भएको एक कार्यक्रममा मधुवन नपाका मेयर गणेशबहादुर क्षेत्रीले विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत भएको सेवाप्रदायक र सेवाग्राहीबिच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा मेयर क्षेत्रीले शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई प्राथमिकीकरण गरी समस्या समाधानको लागि योजना बनाएर उपलब्धि देखिने गरी सम्बन्धित सबै निकाय र सरोकारवालाहरूलाई सहभागी गराई काम गर्ने बताए ।
द्वन्द्व पीडितका बालबालिकाको शिक्षा र रोजगारीको लागि विशेष प्राथमिकतामा राखी अवसरको सृजना गर्ने पनि उनले बताए । साथै शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई समाधान गर्न वडा तथा नगर स्तरबाट नै काम गर्न सकिने उनको भनाई छ ।
सो अवसरमा उपस्थित मधुवन नपा-१ का वडाध्यक्ष पर्शुराम चौधरी, २ का वडाध्यक्ष पहाडी थारु र ४ का वडाध्यक्ष विन्तीराम थारुले शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्या वास्तविक रहेको र आफ्नो तहबाट समाधानको लागि पूर्णरूपमा लाग्ने प्रतिबद्धता जनाए ।
मानबहादुर चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…