विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गर्ने प्रतिवद्धता

साहारे र मालारानी गाविसका सामुदायिक विद्यालयहरूमा प्राथमिक उपचार सेवाको व्यवस्था गरिने एक कार्यक्रमकाबिच प्रतिवद्धता जनाइएको छ ।

Photo20170316Surkhet

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तरगत मानव अधिकार निगरानी समूह सुर्खेतद्वारा चैत ३ गते सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको अन्तरक्रियामा विद्यालयमा हुने विशेष क्रियाकलापका साथै अन्य समयमासमेत प्राथमिक उपचारको व्यवस्था गर्न सकिने प्रतिवद्धता जनाइएको हो ।

इन्सेकद्वारा मालारानी र साहारे गाविसमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहले पहिचान गरेका समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साहारे र मालारानी गाविसका कृषकहरूलाई उत्पादनको बारेमा तालिम प्रदान गरिने, कृषि बिमाको महत्व, यसको प्रक्रिया, पशु स्वास्थ्य सेवामा सुधार, समयमै पाठयपुस्तक र छात्रावृत्ति उपलब्धताको लागिसमेत सरोकारवाला निकायका प्रमुखहरूले प्रतिवद्धता जनाएका छन् ।

अन्तरक्रियाको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक सरस्वती मल्लले सेवाप्रदायक, सेवाग्राही र अन्य सरोकारवालाहरूको समन्वयमा मात्र यस्ता समस्याहरूको न्यूनीकरण गर्न सकिने बताइन् ।

दुर्गा थापा