विद्यालयको अनुगमन, कृषि तथा पशु प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता
गुर्भाकोट नपामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन तथा नगरपालिका ऐन तथा कार्यविधी बने लगत्तै सबै वडामा कृषि र पशुरोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय निगरानी समूह मालारानीले शिक्षासँग र साविक साहारे गाविस तथा गुर्भाकोट नपा ४, ५ र ९ वडा स्तरीय निगरानी समूह साहारेले कृषि तथा पशुसेवासँग सम्बन्धित समस्याको बारेमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै गुर्भाकोट नपाका प्रमुख हस्त पुनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।
प्रदेश नं ६ का जनताका समृद्धिका लागि पशुपालन, जडीबुटी र कृषि व्यवसायको विकल्प नरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षअघि नगरपालिका ऐन, तथा कार्यविधी तयार गरी गुर्भाकोट नपाका सामुदायिक विद्यालयहरूको गुणस्तरीय शिक्षाका लागि नियमित अनुगमन, कृषि र खाद्य अधिकार सुनिश्चितताका लागि सबै वडामा प्राविधिक व्यवस्थापन गरिने प्रमुख पुनले बताए ।
मानिस मालारानीले ०७४ माघ २५ गते स्थानीय स्तरमा पहिचान गरिएको शिक्षासँग सम्बन्धित नेरा आधारभुत तह रपट जनज्ञान भण्डार माविमा तारबारको लागि आवश्यक बनेट विनियोजन गर्नुपर्ने सहित १० बुँदे र मानिस साहारेले ०७४ माघ २६ गते प्रयाप्तमात्रामा कृषि तथा पशुसेवा प्राविधिकको व्यवस्थापन गरिनुपर्ने लगायतका १५ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…