विद्यालयका समस्या पहिचान गरी बाल अधिकार चेतना समूहले बुझायो वडा कार्यालयमा ध्यानाकर्षण पत्र

  ०८० जेठ १२ गते

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले कपिलवस्तु नगरपालिका–१ स्थित रत्न राज्य लक्ष्मी माविमा रहेका समस्या पहिचान गरी वडा कार्यालयमा जेठ ११ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।

बाल अधिकार चेतना समूहका पदाधिकारीहरूको जेठ ९ गतेको बैठकले  कक्षा ६ , ७ र ८ को स्थानीय भाषाको पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने , कक्षा ९ र १० मा गणित बिषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको , शौचालयमा पानी र साबुनको व्यवस्था नभएको , कक्षा ९ मा क्षमता भन्दा बढी १ सय १७ जना बिद्याथीहरू हुँदा गुणस्तरिय शिक्षा प्राप्त गर्नसमस्या भएकोलगायतका  समस्या पहिचान गरेका थिए ।

यसैगरी, सरकारले निशुल्क वितरण गर्ने सेनेटरी प्याड गुणस्तरीय नभएको , विद्यालयमा खेलकुद सामाग्रीहरूको अभावलगायतका विषय पहिचान गरी सााधानका लागि वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 लगाएतका बिषयहरुमा छलफल तथा पहिचान गरिएको थियो । बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि नगरपालिका समक्ष भलिबल सेट , व्याडमिन्टन , क्रिकेट व्याट , बास्केट बल , स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्ष पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकसँग समन्वय गरी ध्यानाकर्षण पत्रमाथि छलफल गरी समाधान गर्ने  प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसैगरी शिक्षा शाखा अधिकृत युवराज भुसालले शिक्षा शाखाले विद्यालयलाई सरसफाई र खेलकुदका सामाग्रीहरू विद्यालयहरूमा पठाइएको बताउनु भयो ।

photo2023052601kapilvastu

पार्वती आचार्य