विद्यार्थी भर्ना अभियान सफल बनाउन गादीमा बृहत र्‍याली तथा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार निगरानी समूह गादी, बाल अधिकार चेतना समूह र पटेवा सुगौली गाउँपालिका वडा नं. २ को संयुक्ता आयोजनामा वैशाख ७ गते विद्यालय भर्ना तथा गुणस्तरीय शिक्षाका लागि वृहत् भर्ना अभियान तथा र्‍याली सम्पन्न भएको छ ।

Photo20180421Parsa (1)

पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ को लक्ष्मीपुरबाट सुरु भएको र्‍याली हरेक टोलमा पुगेर विद्यालयमा विद्यार्थी भर्ना अभियान र गुणस्तरीय शिक्षा सम्बन्धमा स्थानीय अभिभावकसँग अन्तरक्रिया गरेको थियो । पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ मा रहेको १४ वटा टोलमा उक्त अभियान पुगेको हो ।

लक्ष्मीपुरबाट सुरु भएको अभियान बंकुल, रंगपुर, सुब्बाटोल, बिश्रामटोल, मथिल्लो टाडी, थरघट्टी, धर्मवस्ती, बैजनाथपुर बेल्वा, वेल्वा टाडी रामपुर, मकवानी टोल र चाफीमा, र्‍याली तथा अन्तरक्रिया गरिएको श्री नेपाल राष्ट्रिय निमावि बेल्वाका प्रधानाध्यापक महेन्द्र चौधरीले बताए ।

स्थानीय समुदायसँग बालवालिकालाई विद्यालयमा भर्ना गर्नका लागि उत्प्रेरणा जगाउँदै गाउँपालिका उपाध्यक्ष ममता महतो, वडाध्यक्ष तथा मानव अधिकार निगरानी समूहका अध्यक्ष बिजय गैरे, रंगपुर माविका प्रधानाध्यापक भोजराज गौतम, लक्ष्मीपुरका प्रधानाध्यापक द्वारिका नेपाल लगायतले अन्तरक्रिया गरेका थिए ।

Photo20180421Parsa (2)

अभियान संचालनको लागि समूहले वैशाख ४ गते गरेको अन्तरक्रिया कार्यक्रमले अभियान संचालन गर्ने निर्णय गरेको थियो । वडा कार्यालय २ को विशेष सहयोगमा अभियान संचालन गरिएको हो । अभियानमा गादीमा रहेका सात वटा विद्यालयमा अध्यापनरत शिक्षक शिक्षीकाहरू जनप्रतिनिधिहरू र मानव अधिकार निगरानी समूहका सदस्यहरू सहित स्थानीय नागरिक अगुवाहरूको सहभागिता रहेको थियो ।

केसी लामिछाने