विकासलाई प्रभाबकारी बनाउन नागरिक समाज र पत्रकारले घच्घच्याउनुपर्छ
नागरिक समाज र सञ्चार जगतको सहकार्यको अभावमा विकासका जल्दाबल्दा समस्याहरू ओझेलमा परेको सरोकारवालाहरूले औँल्याएका छन् ।
इन्सेकको आयोजनामा जेठ १२ गते हेटौँडा उपमहानगरपालिका–२ स्थित न्युज क्लबमा आयोजना गरिएको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य’ विषयक अन्तरक्रियामा विकासका हुने गरेको ढिलासुस्तीलाई रोक्नको लागि नागरिक समाज र सञ्चार जगतबीचको सहकार्य हुन नसकेको बताएका हुन् ।
इन्सेक नेपालको पूर्व जिल्ला प्रतिनिधि एवम् नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले जनप्रतिनिधहरू स्थानीय तहसम्म आइपुग्दा विकासले फड्को मारेको बताए ।
यद्यपी विकासको काममा अझै पारदर्शी ढङ्गले जनप्रतिनिधि नलागेको भन्दै उनीहरूलाई जबाफदेही बनाउने कुरामा नागरिक समाज र सञ्चारकर्मीहरू एकसाथ लाग्नुपर्ने बताए ।
उनले समाजमा आएका लगानी पारदर्शी र जबाफदेही ढङ्गले काम गरिनुपर्ने बताए । कुनैपनि काममा नागरिकले औँला ठड्याउने भन्दा पनि पारदर्शी ढङ्गले काम गरिनुपर्ने बताए ।
गैसस महासङ्घकी रमिला सापकोटाले पछिल्लो समय जनप्रतिनिधि आइसकेपछि एकतर्फी ढङ्गले अघि बढिरहेको बताइन् ।
जनप्रतिनिधिहरू आफ्नो किसिमले विकासका काममा अघि बढ्ने तर त्यास्ता विकासका काममा नागरिक समाजलाई सहभागिता नगराउने समस्या बढेको बताइन् । यस्ता विषयलाई सञ्चारजगतले उठाउन समेत आग्रह गरिन ।
सञ्चारकर्मी एवम् अधिवक्ता बालकृष्ण अधिकारीले विकास निर्माणका योजनाहरूलाई छिटो छरितो रूपमा सम्पन्न गराउनको लागि नागरिक समाज र सञ्चार जगतबीचको सहकार्यको खाँचो रहेको बताए ।
‘नागरिक समाजले यस्ता विषयलाई प्राथमिकता दिएर खोज्ने र त्यसलाई सञ्चार जगतले आम समुदाय र सरोकारवाला निकायसम्म पु¥याउने भूमिका खेल्नु पर्छ ।’–उनले भने–‘समयमा विकास नहुनु भनेको देशकै क्षति हो । नागरिकले थप पीडा भोग्नु भएकोले सहकार्यले विकासको गतिलाई तिब्रता दिन सहयोग पुग्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईले नागरिक समाज र सञ्चारजगतको सहकार्य भएमा विकासले गति लिने, नागरिक समाजको गतिविधि र सरकारी निकायका गतिविधिहरू पारदर्शी हुने बताए ।
सञ्चारकर्मीहरूले यस्ता विषयमा कलम चलाउँदै आइरहेको भन्दै नागरिक समाजले समाजको समान विकासका लागि पूर्वाधारसँगै अन्य क्षेत्रहरूको पहिचान गरी दबाबमुलक भूमिका निभाउन आग्रह गरे ।
उनले नागरिक समाज र सञ्चारजगतको निगरानीले दिगो विकासमा टेवा पुगी उपभोक्ताहरू लाभान्वित हुने बताए । तीनै तहका सरकारले गरेका कामलाई प्रभाबकारी बनाउनका लागि नागरिक समाज र पत्रकारले पनि घच्घच्याउनुपर्ने बताए ।
कोक्यापका उपाध्यक्ष दिपेन्द्र ढकालले नागरिक संस्था र सञ्चार जगतको सहकार्यले समुदायप्रति जिम्मेवार बनाउन भूमिका खेल्नु पर्ने बताए ।
उनले नागरिक समाज र सञ्चार जगतको सहकार्यले आवाज विहीनहरूको मुद्दालाई बाहिर ल्याउने भएकोले समुदायनै यसबाट लाभान्वित हुने बताए ।
सञ्चारिका समूहकी प्रदेश ३ अध्यक्ष सरीता दाहालले नागरिक समाज र सञ्चार जगतले जातिगत विषय र सांस्कृतिक पक्षहरूमाथि पनि ध्यान दिनु पर्ने बताइन् ।
उनले स्थानीय सरकारका विकासका गतिविधिहरूमा पनि चासो राख्नु पर्ने बताइन् । उनले विकासलाई पूर्वाधार निर्माणको मात्रै परिभाषबाट नहेरी समाजका हरेक व्यत्तिको रहनसहन, सरसफाई र सन्तुलित खानामा सचेत हुनुपनि विकास हो भनी हेर्न र उनीहरूको दैनिक जीवनस्तर सुधारगर्न पनि दुवै पक्षले सहकार्य गरी अघि बढ्नुपर्ने बताइन् ।
अस्मिता नेपालकी कार्यक्रम संयोजक शान्ती कार्कीले सबै क्षेत्रको समान विकासका लागि नागरिक समाज र सञ्चारक्षेत्र सहकार्य गरी अघि बढ्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा सहभागीहरूले आगामी दिनमा नागरिक समाजमा आवद्ध र सञ्चार क्षेत्रमा आवद्धहरूले एकअर्काबीच अझै घनीभूत सहकार्य गरेर जानेमा प्रतिबद्धता जनाएका थिए ।
अहिलेसम्म रहेको खाडललाई पुर्दै एकअर्काका गतिविधि, सामाजिक विषयहरूलाई सहकार्य गरेर अघि बढ्न सहकार्यमा ध्यान दिने प्रतिबद्धता समेत जनाए ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…
सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हनन् भयोः प्रजिअ आचार्य
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सामाजिक सञ्जालको दुरुपयोगले मानव अधिकारको हन्न् भएको बताउनुभएको छ । मङ्सिर १३ गते इन्सेकको आयोजनामा गरिएको ‘सामाजिक सञ्जालको प्रयोगले मानव अधिकारमा पारेको प्रभाव विषयक’…