विकासमा स्थानीय सरकार र नागरिक समाजको भूमिका समान हुनुपर्नेमा जोड
समाज विकासमा स्थानीय सरकार र नागरिक समाजको भूमिका समान हुनुपर्नेमा र सङ्घीयता कार्यान्वयन सँगै तीन तहको सरकारमा प्रत्यक्ष आम जनतासँग स्थानीय सरकार रहने र सोही तहमा रहेर सामाजिक भूमिका निर्वाह गरिरहेको नागरिक समाज एक आपसमा समन्वय र सहकार्य गरी अघि बढ्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार ५ गते हेटौँडामा नागरिक समाज र स्थानीय सरकारको सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष एवम् पूर्व इन्सेककर्मी प्रताप विष्टले स्थानीय सरकार जनताको सेवक हुनुपर्नेमा सरकार शासक हो भन्ने शैलीमा जनप्रतिनिधिहरू अघि बढ्न थालेको गुनासो गरे ।
समाजमा गरिने कुनैपनि काममा नागरिक समाज तथा बुद्धिजीवीहरूसँग छलफल नगरी एकल निर्णयहरू गर्दा समाजमा नकरात्मक प्रभाव समेत पर्ने गरेको भन्दै समाजमा गरिने कामहरूमा स्थानीय सरकारले नागरिक समाजहरूसँग छलफल र सहकार्य गरेर अघि बढेमात्र स्थानीय सरकार बलियो हुने उनले बताए ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ प्रदेश ३ की उपाध्यक्ष आरती पाठकले जनप्रतिनिधिको कामको मुल्याङ्कन नागरिक समाजले पनि गर्ने हुनाले विकासमा स्थानीय सरकारको सहकार्यको खाँचो रहेको बताइन् ।
शान्तिका लागि साझा अभियान (कोक्याप)का उपाध्यक्ष दिपेन्द्र ढकालले जनप्रतिनिधिहरूले गरेका कामहरूको निगरानी मिडियाले सुक्ष्म ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मिडिया पनि नागरिक समाजको रूपमा रहने भएकाले यस्ता कुराहरूलाई सञ्चार माध्यमबाट समाजलाई सचेत गराउन आग्रह गरे ।
कार्यक्रममा सञ्चारकर्मी सुरेश श्रेष्ठ र बालकृष्ण अधिकारीले पछिल्लो समय जनप्रतिनिधिहरूबीच नै बेमेल बढ्दै गएको बताए ।
स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरूबीच तथा जनप्रतिनिधि र कर्मचारीबीच नै शक्तिको लागि विवाद हुने गरेको भन्दै यसले स्थानीय सरकारलाई कमजोर पार्दै गएको भन्दै स्थानीय सरकारले स्थायित्व लिन समाजका अन्य पक्षहरूसँग सहकार्य गरी अघि बढ्न सुझाव समेत दिए ।
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले नागरिक समाजसँग सहकार्य गर्न तयार रहेको भन्दै सङ्घीयतापछि जनताको ठुलो अपेक्षा स्थानीय सरकारसँग रहेकोले पनि काम गर्ने शैलीमा केही असमझदारी भएको हुनसक्ने बताइन् । उनले आगामी दिनमा उपमहानगरको काममा नागरिक समाजसँग सहकार्य गर्ने बताइन् ।
जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले सबैको चाहना समाजको समान विकास भएकोले सबैले सहकार्य र समन्वयको आधारमा अघि बढ्नुपर्ने बताइन् ।
उनले नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय सरकारको समान भूमिका र सहकार्यबाट नै देश समाजवादतर्फ अघि बढ्ने भएकोले सबैले एक अर्कालाई सहयोग गर्न आग्रह समेत गरिन् ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…
मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म…