विकासमा नागरिक समाज र सञ्चार जगतको निकै महत्वपुर्ण भूमिका:सरोकारवाला
नागरिक समाज तथा सञ्चार जगतबिचको सहकार्यले स्थानीय तहको विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ११ गते भक्तपुरमा आयोजना गरेको विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा विकासमा सञ्चार जगतको भूमिका महत्वपुर्ण भएको सरोकारवालाहरूले बताएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले विकासको समन्वयको रूपमा रहेको जिल्ला समन्वय समिति नाम मात्रको भएको बताइन् ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले विकास निर्माणको काम स्थानीय तहले गर्ने भएकाले सो कामको अनुमगन र पारदर्शिता बारेमा भने सञ्चार जगतले खोजी गर्नुपर्ने बताइन् ।
गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले स्थानीय तहका काम कारबाही पारदर्शी हुनुपर्नेमा जोड दिए । सञ्चार जगत र नागरिक समाजबिच समन्वय हुनुपर्ने कुरामा उनले विशेष जोड दिए ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले विकासलाई सीप र प्रविधिसँग जोडेर लैजानुपर्ने आजको आवश्यकता रहेको चर्चा गर्दै सबै नेपालीलाई विकासको मार्गमा डोहोर्याउन सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल बार एशोसियएशन भक्तपुरका सचिव किरण न्यौपानेले विकासमा नागरिक समाजको जबाफदेहिता बढी हुने औँल्याउँदै स्थानीय तहमा अधिकार आएपनि प्रयोगमा नआउँदा जनताले अधिकार अनुसारको सेवा पाउन नसकेको बताए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
नेपालगञ्ज उपमहानगरपालिका–१४ की २१ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ असोज १ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई घरेलु तथा मानसिक हिंसा, अध्ययन…
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहले भदौ ३१ गते स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य,…
मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…
बालबालिकामाथि लगानी गर्न सरोकारवालाहरुको जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूह, मिथिला नगरको संयोजन तथा मिथिला नगर महिला तथा बालबालिका शाखाको संयोजनमा ६० औं राष्ट्रिय बाल…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी…