विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण
विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मङ्सिर १ गते आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले जिल्लाको विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेपनि समन्वय हुन नसक्दा समाचार छाँयामा परेको बताइन् । विकास गर्नु पर्ने र विकास भएका विषय प्रशस्त भएपनि सञ्चार जगतसम्म त्यस्ता विषय पुग्न नसक्दा सरोकारवाला निकायको त्यसतर्फचासो पुग्न नसकेको उनको भनाई छ ।
सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले समयमै कानुन पास नहुँदा र अधिकार नपाउँदा स्थानीय तहले काम गर्न नसकेको बताइन् । जनताको करको बजेट जनताको विकासका लागि खर्च गर्ने भनिएपनि स्थानीय तहले प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाई थियो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले दलहरूको चुनावी घोषणा पत्रमा विकासका कुरा अग्रपङ्क्तिमा हुने भएपनि व्यवहारमा विकास हराउने गरेको उल्लेख गर्दै सञ्चार जगतले त्यस्ता विषयलाई उठाउने गरेको बताए ।
गैरसरकारी संस्था महासङ्घ भक्तपुरका सचिव सोम शर्मा बजगाईले पत्रकारले समाचार लेखेर विकास नहुने प्रतिक्रिया दिँदै पत्रकार समन्वयकर्ता मात्रै भएको औँल्याए ।
क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा सञ्जाल माध्यमका भक्तपुर अध्यक्ष पेशल आचार्य, प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष कविता थापा, पत्रकार राम तमखु, मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्याललगायतले सञ्चार जगतले विकासका लागि उत्प्रेरणाको काम गर्ने बताए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…