विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच सहकार्य आवश्यक
विकास र समृद्धिका लागि नागरिक समाज र सञ्चार जगतबिचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् ।
पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबिच सहकार्य विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्याक्रमका सहभागीहरूले नागरिक समाजका संस्थाहरू र स्थानीय सरकारका कामका बारेमा सञ्चारमाध्यमले अध्ययन गरेर खोजमुलक समाचार सम्प्रेषण गर्न सहभागीहरूले आग्रह गरेका छन् ।
नागरिक समाजका संस्थाहरूका काम र उनीहरूले परियोजना छनौट गर्दाका प्रकृयादेखि नै सञ्चारमाध्यमको खबरदारी आवश्यक रहेको नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष मेघहरि आचार्यले बताए ।
उनले नागरिक समाजका संस्थाहरूको काम र स्थानीय सरकारको कार्यशैली नमिलिरहेको बताए । स्थानीय सरकारहरू गैरसरकारी संस्थाहरूलाई नियन्त्रण गर्ने सोचले अघि बढेको हो कि भन्ने आशङ्का जन्मिएको बताए ।
गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष हितराज कार्कीले स्थानीय सरकारसँग नागरिक समाजका संस्थाहरूको समन्वय प्रभावकारी नभएले सामाजिक विकासको गति मन्द भएको बताए ।
उनले स्थानीय सरकार र नागरिक समाजका संस्थाहरूको सहकार्य र विकासका एजेण्डालाई उठाउनु पर्ने बताए । नागरिक समाजका संस्थाहरू सञ्चालनका लागि नीतिगत व्यवस्था र कार्यन्वयनको अवस्थाका सवाल सञ्चार माध्यममा उठाउन सुझाव दिए ।
सवल कार्यक्रमका वरिष्ठ जिल्ला संयोजक इन्द्र तामाङले नागरिक समाजका संस्थाहरूले राज्यलाई सहयोग गर्न राज्यका नीति अनुसार नै काम गर्ने बताए । उनले राज्यको विकल्प नभएर राज्यको सहयोगीको रूपमा बुझ्न आग्रह गरे ।
गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सचना श्रेष्ठले नागरिक समाजका संस्थाहरूले सञ्चालन गरेका धेरैजसो कार्यक्रम प्रभावकारी भएको बताए । श्रेष्ठले स्थानीय तहका कामसमेत सन्तोषजनक नभएको गुनासो पनि आएका बताइन् ।
उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले विकास निर्माण स्थानीय सरकार आए पनि परिवर्तन अनुभूति हुने गरी विकासका काम नभएका भन्दै यसतर्फसञ्चार जगतले सचेत गराउन माग गरे ।
कान्तिपुर दैनिकका उप सम्पादक कुम्भराज राईले सञ्चार जगतले सवाल मात्र उठाउने र त्यस्ता सवाल लिएर नागरिक समाजले पैरवी गरे मात्रै विकासका काम प्रभावकारी हुने बताए । कार्यन्वयन गर्ने काम पत्रकारको नभएकाले समाचारमा सवाल मात्र उठाइने तर यसबारेमा नागरिक समाजले खबरदारी गरेर कार्यन्वयनका लागि दबाव दिनु पर्ने सुझाव दिए ।
सुनकोशी गाउँपालिका-९ का वडा अध्यक्ष झनक कार्कीले नागरिकले अनुभूति हुने गरी काम गर्न वडालाई आर्थिक कारोबारको अधिकार हुनु पर्ने बताए । उनले अहिले वडाले सिफारिस मात्र गर्ने योजना कार्यन्वयनका लागि विजियोजित बजेट गाउँपालिकाको केन्द्रमा रहेकाले अझै नागरिककको पहुँच नपुगेको धारणा राखे ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तर संवाद कार्यक्रम सम्पन्न
मानव अधिकारका सवालमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालसँग इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना, डिसिएको सहयोग र दैनिक नेपालगञ्जको समन्वयमा अन्तर संवाद कार्यक्रम ०८१ कात्तिक २४ गते…
प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय…
मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…