वार्षिक सम्पादन भेला सुरू

  ०७८ पुस ६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि प्रदेश १ मा इन्सेकद्वारा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तथ्यतथ्याङ्कसहितको विवरणका लागि वार्षिक सम्पादन भेला सुरू गरिएको छ ।

इन्सेक प्रदेश १ कार्यालयको आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा आवश्यक सूचनासहित पुर्ण पुष्टिका लागि पुस ६ र ७ गते  वार्षिक सम्पादन भेला सुरू भएको इन्सेक प्रदेश १ कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।

इन्सेकले ३० औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशनका लागि जिल्लामा अभिलेखीकरण गरेका घटनाका सूचना र तथ्याङ्कको पुष्टिका लागि सम्पादन भेला सुरू भएको इन्सेक केन्द्रीय कार्यालयका रमेश तिम्सिनाले बताउनु भयो ।

जिल्लामा अभिलेखीकरण गरिएका घटनामा न्याय सम्पादनको विवरणसहित राज्य पक्ष र अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तथ्यपरक सूचनाका लागि सम्पादन भेला सुरू भएको इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले बताउनु भयो । उहाँले जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका विषय तथा सूचना महत्वपूर्ण भएकाले सोही अनुसार जिल्ला प्रतिनिधिले अद्यावधिक गर्नुपर्ने बताउनु भयो ।

इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले विगतमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडितलाई न्याय दिलाउने सन्दर्भमा वर्ष पुस्तक अदालतमा प्रमाणको रूपमा पेश भएकाले जिल्लामा अभिलेखीकरण गरिएका घटनामा तथ्यपरक सूचनाका लागि वार्षिक सम्पादन भेला आयोजना गरिएको बताउनु भयो ।

पुस ६ र ७ गतेका लागि आयोजना गरिएको वार्षिक सम्पादन भेलामा १४ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Photo 20211221 Morang (4)

Photo 20211221 Morang (1)

Photo 20211221 Morang (3)

Photo 20211221 Morang (2)

अर्जुन दर्जी