वार्षिक समीक्षा बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते इन्सेकद्वारा पूर्वाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
समीक्षा वैठकमा इन्सेक केन्द्रीय कार्यालयको मानव अधिकार शिक्षा कार्यक्रमकी व्यवस्थापक गीता गौतमले समग्र कार्यक्रमको उपलब्धी र प्रभावको खोजी गर्दै आगमी दिनमा यस कार्यक्रमलाई अझ शसक्त र उपयोगी बनाउन लाग्नुपर्ने बताइन् ।
इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले स्थानीय सहजकर्ताहरूकै मेहनतका कारण ग्रामीण स्तरमा मानव अधिकारका लागि जनतालाई सुसूचित गराउन सफल भएको बताए ।
वैठकमा मोरङ, सुनसरी र झापाका जिल्ला प्रतिनिधि तथा सहजकर्ताहरूले स्थानीय जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमका कारण गाउँमा भएका उपलब्धीका बारेमा जानकारी गराएका थिए ।
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…