वार्षिक समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा बैठक जेठ २३ गते पाल्पा सदरमुकाम तानसेनमा सम्पन्न भएको छ ।

Photo20180606Palpa (1)

कार्यक्रममा इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले इन्सेकले शिक्षा, स्वास्थ र खाद्य अधिकारका क्षेत्रमा सञ्चालन गरेको इएलपी परियोजनाले समुदायस्तरमा राम्रो प्रभाव पारेको बताए । संयोजक खकुरेलले इन्सेक प्रतिनिधि तथा सहजकर्ताहरूले आगामी दिनमा स्थानीय तहसँग समन्वय बढाउँदै मानव अधिकार संरक्षण र सम्बर्द्धनको अभियानलाई जारी राख्नुपर्ने बताए ।

मानव अधिकारको दायरा फराकिलो हुँदै गएको वर्तमान समयमा सोही अनुसार मानव अधिकारकर्मीको क्रियाशीलता बढ्नुपर्ने बताउँदै संयोजक खकुरेलले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि अबका अभियानहरू सञ्चालन हुनुपर्नेमा जोड दिए ।

Photo20180606Palpa (2)

इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले परियोजना अन्तर्गत सम्पन्न कार्यक्रमको मुल्याङ्कन गर्दै आगामी दिनका लागि थप योजना बनाएर अझ प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग पुर्‍याउने बताइन् ।

बैठकको पहिलो सत्रमा इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गतका कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ ।

सो सत्रमा पाल्पा, कपिलवस्तु, तनहुँ र कास्की जिल्लाका जिल्ला सहजकर्ताहरूले जिल्लागत रूपमा प्रस्तुतीकरण गरेका थिए । जिल्ला सहजकर्ताहरूले परियोजना अन्तर्गत यो वर्षसञ्चालन गरिएका गतिविधि र प्रभावकारिता तथा लक्ष्य र उपलब्धिका विषयमा बैठकमा जानकारी गराए ।

बैठकको दोस्रो सत्रमा मानव अधिकारको अवस्था, मानव अधिकार वर्षपुस्तक, अनलाइन निर्देशिकाको बारेमा छलफल गरिएको थियो । जसमा पाल्पा, स्याङ्जा, कपिलवस्तु, तनहुँ, पर्वत, नवलपरासी जिल्लाका जिल्ला प्रतिनिधिहरूले जिल्लागत अवस्था र आफूहरूले गर्दै आएका कामबारे जानकारी गराउनुका साथै समस्या तथा चुनौतीका बारेमा आफ्ना भनाई राखेका थिए । बैठकमा इन्सेक पोखरा कार्यालयकी प्रलेख अधिकृत सुमित्रा भट्टराईले अनलाइन निर्देशिका तथा मानव अधिकार प्रलेख शाखा अन्तर्गतका कार्यक्रमका बारेमा जानकारी दिएकी थिइन् ।

यज्ञमूर्ति तिमिल्सिना