वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वार्षिक समीक्षा तथा योजना बैठक जेठ २९ गतेबाट पोखरामा सुरू भएको छ । दुई दिन चल्ने बैठकमा इन्सेकले सञ्चालन गर्दै अएको विभिन्न कार्यक्रमहरू अन्तर्गत एक वर्ष भर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्य योजनाको बारेमा छलफल गरिने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

बैठकको उद्देश्यको बारेमा प्रष्ट पार्दै इन्सेकका कार्यकारी निर्देशक गौतमले इन्सेकले सञ्चालन गरिरहेका कार्यक्रमलाई सफल बनाउनका लागि सबैको हातेमालो आवश्यक रहेको र  आगामी दिनमा स्थानीय तहसँगको सहकार्यलाई अझ बढाने बताए ।

बैठकमा इन्सेक केन्द्रीय कार्यालय अन्तर्गत प्रशासन प्रमुख, परियोजना प्रमुखहरू, पिएमइका प्रतिनिधि, प्रलेख विभागका प्रतिनिधि, पाँच ओटै कार्यालयका कार्यालय संयोजक, कार्यक्रम संयोजक, प्रलेख अधिकृतलगायतको उपस्थिति रहेको छ ।

photo20180612kaski (1) photo20180612kaski (2) photo20180612kaski (3) photo20180612kaski (4)

सङ्गीता भाट