वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
इन्सेकद्वारा मध्यपश्चिमाञ्चल क्षेत्रमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम असार ३१ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेको इलपी कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएकोले आगामी दिनमा पनि जिम्मेवार निकायलाई जवाफदेही बनाउने खालका कार्यक्रम गर्ने योजना रहेको बताए ।
निर्देशक गौतमले इन्सेककर्मीहरूलाई लगनशील भएर काम गर्न निर्देशनसमेत दिए । कार्यक्रममा इन्सेकमध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले कार्यक्रम सञ्चालित गाविसमा सकारात्मक परिवर्तन आए उद्देश्य पुरा भएको सम्झिनु पर्ने बताउँदै कार्यक्रम समाप्त भएपनि निगरानी समूह क्रियाशील भए थप कार्यक्रम आवश्यक नपर्ने बताए ।
बाँके, बर्दिया र दाङका इन्सेक जिल्ला प्रतिनिधि र सहजकर्ताहरूले कार्यक्रमले जिल्ला र गाविस स्तरमा पारेको प्रभाव र उपलब्धिहरूका बारेमा प्रस्तुति गरेका थिए ।
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…