वार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको बारेमा छलफल गर्न पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा १ सय ४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार एक वर्षमा बालिका बलात्कारका नौ ओटा घटना भएका छन् । त्यस्तै बेचविखनको एक, प्रहरीको नियन्त्रणमा यातना दिइएको एक घटना बालबालिकासँग सम्बन्धित रहेका छन् । त्यस्तै महिलामाथि हुने हिंसामा बलात्कारका चार, बहुविवाहका चार ओटा घटना रहेका छन् भने परिवारजनबाट हत्या गरिएका चार ओटा घटनामा तीन जना महिलाको मृत्यु भएको छ । घरेलु हिंसाका ७९ ओटा घटना पनि इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष प्रल्हाद पोखरेलले राजनीतिक दलका नेताहरूले मानव अधिकार उल्लङ्घनका घटनामा संरक्षण नगर्ने प्रतिबद्धता नजनाएसम्म मुद्दा 'होस्टाइल' भइरहने र पीडितले न्याय नपाउने बताए । उनले जोखिम मोल्ने अवस्थामा जिल्लाका कुनै सरोकारवाला निकायहरू नभएकाले पनि समस्या भएको बताए ।
राप्रपाका प्रतिनिधि मकरबहादुर कार्कीले एकद्वार नीति लिएर योजना बनाई काम गरेमा मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन सकिने बताए ।
अधिकारकर्मी सविता कोइरालाले घटनाका प्रकृति हेर्दा महिला र बालबालिकाले मान्छे भएर बाँच्न नपाउने पो हो की भन्ने चिन्ता थपिएको बताइन् । उनले समाज विकृतिको डरलाग्दो अवस्थामा पुगेको भन्दै समग्र जिल्लाको योजना बनाई एकद्वार नीति अनुसार हिंसा, हत्या र मानव अधिकार उल्लङ्घन न्यूनीकरणका क्षेत्रमा काम गर्नुपर्ने बेला भएको बताइन् ।
सिन्धुली जिल्ला अदालतकी मेलमिलापकर्ता पार्वती भट्टराईले मुद्दाको पक्ष विपक्षमा राजनीतिक दल नलागेमा पीडितले न्याय पाउने बताइन् ।
इन्सेक रुकुम जिल्ला प्रतिनिधि आदर्श केसीका अनुसार जिल्ला बालकल्याण अधिकृत मानवीर ओलीले जिल्लामा बालबालिकामाथि भइरहेका बलत्कार र बालविवाह रोक्नु अहिलेको मुख्य चुनौति रहेको बताए ।
जिल्लामा काम गर्ने विभिन्न सङ्घसंस्थाले यी घटनाहरूलाई रोकथाम गर्नको लागि एकताबद्ध भएर अभियानकै रूपमा काम गर्नु पर्ने उनले बताए ।
नया शक्ति नेपाल रुकुमका संयोजक अमर ओलीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नको लागि राजनीतिक दलहरूले ध्यान दिनु पर्ने बताए । दलहरूले पनि आफ्नो माताहतमा कार्यकर्ताहरूलाई बालविवाह, बहुविवाहलगायतका कार्यहरूलाई दुरुत्साहन गर्नको लागि अभियान चलाउनु पर्ने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका रुकुमका हवल्दार मधु केसीले इन्सेकले मानव अधिकार संरक्षणको क्षेत्रमा प्रहरीसँग गर्दै आएको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रहरीले मिलापत्र भन्दा पनि एउटा गम्भीर अपराधको रूपमा हेर्ने र त्यही अनुसारको कारबाही गर्दै आएको उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ रुकुमका अध्यक्ष गणेश विकले जिल्लामा अत्यधिक बालविवाह, बलात्कार र बहुविवाह हुने गरेकाले कडाइ गरिनु पर्ने बताए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि आदर्श केसीले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित विभिन्न २४ ओटा घटनाहरूको विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुत विवरण अनुसार महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव, दुर्व्यवहार, बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार अन्तर्गत १० ओटा, नागरिक तथा राजनीतिक अधिकार, सम्मानपूर्वक बाँच्न पाउने अधिकार अन्तर्गत पाँच ओटा, महिला हिंसा अन्तर्गत नौ ओटा घटनाहरू अभिलेख गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका सङ्घसंस्थाहरूको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरू सङ्कलन गर्न ०८१ कात्तिक २८ गते प्रदेश स्तरीय समीक्षा गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक…
मानव अधिकार समूहका पदाधिकारी र सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का परामर्शदाता विष्णुप्रसाद पोखरेलले कात्तिक २५ गते माछापुच्छ्रे गाउँपालिकाको मानव अधिकार समूहका पदाधिकारीसँग भेटघाट गरी छलफल गर्नुभएको छ । सो अवसरमा परामर्शदाता पोखरेलले गाउँपालिका उपाध्यक्ष सीता…
पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिटोलकी १२ वर्षीय बालिकालाई न्यायिक…
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका संघसस्थाहरुको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न ०८१ कात्तिक २६ गते धनगढीमा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश…
दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण
पञ्चपुरी गाउँपालिका–२, पलैँटेस्थित सूर्यप्रकाश माध्यामिक विद्यालय र पञ्चपुरी नगरपालिका–५ स्थित विद्याज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ…