वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका बारेमा सरोकारवाला निकायबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न गरिएको छ ।
सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा छलफल गरिएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले जिल्लामा वर्षभरी सङ्कलन गरिएका २६ ओटा घटनाका बारेमा जानकारी गराए ।
समीक्षा कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेत, इजलास जुम्लाका रजिष्ट्रार माधवप्रसाद पौडेलले मानव अधिकार हनन्का घटना न्यूनीकरण गर्न सबै सरोकारवाला निकायको साथ र सहयोग हुनुपर्ने बताए । उनले भने-'जिल्लामा घरेलु हिंसाका घटना धेरै भएकाले पैरवी र बहसमार्फत दुवै पक्षलाई सहमतिमा ल्याएर मिलापत्रको वातावरण सिर्जना गर्नु उपर्युक्त हुन्छ ।'
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका निमित्त कार्यालय प्रमुख धनराज शाहीले अदालतका क्षेत्राधिकार भित्र आएका घटनाहरू वर्षपुस्तकमा समेट्न नहुने बताए । उनले भने-'कानुनी प्रक्रियामा नआएका घटनालाई प्राथमिकता दिनुपर्छ । न्यायलयसम्म पुर्याउने हाम्रो पैरवी तथा वकालत महत्वपूर्ण छ ।'
महिला तथा बालबालिका कार्यालय जुम्लाका निमित्त महिला विकास अधिकृत बिन्दु कुँवरले यस जिल्लामा महिला तथा बालिका बलात्कारका घटनामा कमी नआएको भन्दै यस्ता घटना न्यूनीकरणका लागि सरोकारवालाहरूले गाउँदेखि जिल्लासम्म संयन्त्र निर्माण गर्नुपर्ने बताइन् । उनले भनिन्-'आरोपितलाई उन्मुक्ति दिनका लागि राजनीतिक दलले काखी च्याप्न हुँदैन ।'
जिल्ला प्रहरी कार्यालयका डीएसपी गुरुविष्णु काफ्लेले जुम्लामा घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह, जातीय विभेद जस्ता समस्या भएकाले न्यूनीकरण जिल्लाका सरोकारवाला निकायले एकीकृत योजना निर्माण गरेर सोही अनुसार कार्यान्वयन गर्नपर्ने बताए ।
किर्डाक नेपालका जिल्ला संयोजक मेघराज न्यौपानेले नागरिक तथा राजनीतिक अधिकारका मुद्दा उजुरीको रूपमा आउने भएपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, जातीय विभेदका मुद्दाहरू उठ्ने नगरेकाले यस्ता घटनाहरू पनि समेट्नु पर्ने बताए ।
इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार सन २०१६ को जनवरीदेखि डिसेम्वरसम्म सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घनका घटनाहरूको समीक्षा तथा यस अवधिको जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजयराज पण्डितले अहिले जिल्लामा महिला तथा वालबालिकामाथि हुने हिंसाका घटनाहरू बढेको र यसबारेमा इन्सेकको प्रकाशनले पनि पुष्टि गरेको बताए । उनले वर्तमान अवस्थामा मानव अधिकारको परिभाषा अलि व्यापक भएको हुँदा त्यसतर्फपनि ध्यान दिनु पर्ने बताए ।
इन्सेकको प्रतिवेदन अनुसार यस अवधिमा जिल्लामा महिला तथा बालअधिकार उल्लङ्घनका घटनाहरू बढेका छन् । विगतको तुलनामा यस वर्षमहिला हिंसाका घटना बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जिल्लाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था पनि समावेश गरिएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…