वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ ल्वाङमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला फागुन २६ गते सम्पन्न भएको छ ।
मानवअधिकार समूहको आयोजनामा भएको कार्यशालामा वडा अध्यक्ष रामबहादुर गुरुङले सबैसँग समन्वय गरेर मानवअधिकार तथा वातावरण संरक्षण लगायत अन्य विषयमा कार्यक्रम गर्ने बताउनु भयो ।
समाजसेवी दुर्गाबहादुर गुरुङले वातावरण संरक्षणका बिषयमा सबैले चासो राख्नुपर्ने बताउनु भयो । मानवअधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीले समूहले स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रम सँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने बताउनु भयो ।
बाल क्लबका अध्यक्ष सृष्टि गौतमले वातावरण संरक्षणका लागि सबैको पहल आवश्यक भएको बताउनु भयो । कार्यक्रममा जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारी, गाउँपालिकाका वडा सदस्य मनकुमारी तामाङ, चोकप्रसाद दाहाल, अजुर्न परियार, टोल विकास संस्थाका अध्यक्ष हितमान गुरुङ, कुमार गुरुङ, ल्वाङ युवा क्लबका रमेश बि.क., बाल क्लबका अमन तामाङ लगायतले सबै मिलेर वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा शिवप्रसाद देवकोटाले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विभिन्न टोल विकास संस्था, महिला समूह, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, क्लब तथा बाल समूहको उल्लेख्य सहभागिता रहेको थियो ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…