वातावरण अधिकार र बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बराहताल गाउँपालिका–५ स्थित जनज्योति बाल अधिकार समूहको आयोजना तथा बराहताल गाउँपालिका मानव अधिकार समूह र जनज्योति माध्यामिक विद्यालयको समन्वयमा माघ २९ गते बराहताल गाउँपालिका–५ बड्डीचौर बजारमा वातावरण अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

जनज्योति माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक कमल आचार्यले वातावरण अधिकार सम्बन्धी यस्ता जनचेतनामूलक सडक नाटकले प्रभाव पार्ने भन्दै आगामी दिनमा पनि यी कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।  वातावरण संरक्षणमा सचेतना जगाउन आवश्यक रहेको भन्दै यस्ता सचेतनामूलक कार्यक्रमले समाज र देशलाई सचेतनाको बाटो खुल्ने बताउनुभयो ।

त्यस्तै गरी, प्रगतिशील सुर्यज्योति बालअधिकार समूहको आयोजनामा तथा बराहताल मानव अधिकार समूह, सुर्यजयोति माध्यामिक विद्यालय बराहताल गाउँपालिका–७ लामाखालीको समन्वयमा माघ २९ गते नै बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

सडक नाटकमा करिब १ सय ५० जना भन्दाबढी बालबालिका, अभिभावक र शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियोे । सडक नाटकमा वातावरण संरक्षण र त्यसका फाइदा, बालबिवाहका असर तथा कानुनि प्रावधानका बारेमा जानकारी दिइएको थियो । सडक नाटकको सहजीकरण इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

 

Photo20240213Surkhet (2)

Photo20240213Surkhet (3)

Photo20240213Surkhet (4)

 

जगतदल जनाला विक